कालिकाेट/ जिल्ला प्रहरी कार्यालय कालिकाेटका प्रमुख डिएसपी जयश्वर रिमालले मानव अधिकारकाे उच्च सम्मान र संरक्षण गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ । भर्खरै जिल्लामा सरुवाइ आउनु भएका प्रहरी प्रमुख रिमालले जिल्लाका पत्रकारहरुसँगकाे भेटघाट तथा परिचयात्मक कार्यक्रममा यस्ताे प्रतिबद्धता व्यक्त गर्नु भएकाे हाे । डियसपी रिमालले यथार्थ,सत्य,तथ्य भए तिताे पनि स्वीकार गर्न तयार हुने धारणा राख्नु भयाे । साथै उहाले कालिकाेटलाई मानव अधिकार मैत्री जिल्ला बनाउन पत्रकार र अधिकारकर्मीकाे सहकार्य आवश्यक रहेकाे वताउनु भएकाे छ । कार्यक्रममा पलाता गाउँपालिका पूर्व अध्यक्ष लक्ष्मण बम,नेपाल पत्रकार माहसंघका अध्यक्ष भरतराज बिष्ट,पूर्व अध्यक्ष कालीबहादुर मल्ल,उपाध्यक्ष नमराज याेगी,पूर्व सचिव रत्नबहादुर कार्की,मानवअधिकार रक्षक सञ्जालका संयाेजक डिल्लि चाैलागाईं लगाएतका पत्रकाहरुकाे सहभागिता रहेकाे थियाे। सहभागी सवैले नव अागन्तुक डियसपीलाई स्वागत र सम्मान गरेका थिए ।
मानव अधिकारकाे उच्च सम्मान गर्छु-डिएसपी रिमाल





