बालविवाह रोकथाम सम्बन्धि क्षमता बिकास तालिम सम्पन्न

खबरखाेज समाचारदाता   ।   २०७८ माघ १९, बुधबार १२:५२

प्रतिभा ऐडि/कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालीकामा नागरिक समाज,संजालका अगुवा र किशोर किशोरीहरु बिच बाल विवाह रोकथाम तथा लैंगिक हिंसा न्यूनिकरण सम्बन्धि २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल कालीकोटको साझेदारीमा संचालित कार्यक्रम अन्तरगत बाल विवाह,छिटो विवाह र जवरजस्ति विबाह रोकथाम सम्बन्धि संजालका अगुवा र किशोर किशोरीहरुको क्षमता विकास गरि बाल विबाह न्यूनिकरण,बाल हिंसा रोकथाम र लैंगिक हिंसा न्यूनिकरणमा संजालका अगुवा र किशोर किशोरीहरुलाई शसक्त बनाउन तालिम संचालन गरियको थियो ।

तालिममा नेता र नेतृत्व कस्तो हुने, बालविवाह हुनुको कारण,सकारात्मक सोच,बिबाहको प्रकार,बालविवाह बाट हुने असर,शसक्तिकरण, ऋक्इ ल्भतधयचप का पदाधिकारीहरुको अर्धबार्षिक र बार्षिक कार्य योजना,बैठकको नियमितता,यूवा र बाल बालिकाको नाममा बिनियोजन हुने बजेटको खोजि गर्ने प्रक्रिया लगाएतका विषयमा तालिमका प्रशिक्षक लाल प्रसाद न्यौपानेले प्रशिक्षण दियका थिय । तालिम समापनका क्रममा किशोरी तथा ग्रामिण विकास यूवा सुचना केन्द्रका सदस्य राधिका विष्टले विगतमा समुदाय स्तरमा काम गर्नका लागी समस्या थियो । आफुहरुले पनि समाजमा हुने सामाजिक भेदभाव,वाल हिंसा,बाल विवाह रोकथामका बारेमा तेति धेरै जानकारी नपायको र सादा नेपाल द्धारा आयोजित विभिन्न तालिममा सहभागि हुदा आफुहरुले धेरै विषय बस्तुमा जानकारी पायकाले आफुले सिकेका कुराहरु समुदाय स्तर र विद्यालय स्तर सम्म लैजाने बताईन । यसैगरि साझा बिचार यूवा क्लबका अध्यक्ष चन्द्र सहकारीले हाम्रो समुदायमा धेरै सामाजिक कुसंस्कारका कारण विभिन्न समस्याहरु आउने गरेको छ ।

हामिले यूवालाई शसक्तिकरण गरेर लैजानका लागी बजेटको अभाव छ । पालिकाले छुट्याउने बजेट कार्यन्वयनमा समस्या छ । हामि किशोर किशोरी र यूवाहरु विभिन्न संजालबाट सक्रिय भयर सामाजिक रुपान्त्रणको अभियानका अग्रसर हुन जरुरी भयको बताउदै तालिममा सिकेका केहीकुरालाई आफ्नो वडा स्तरसम्म सचेतना फैलाउने बताय । यस्तै स्थानिय अगुवा गोविन्द विष्टले हाम्रा नाविबाबुहरुको सुनौलो र सुन्दर भविश्यका लागी आ आफ्ना बाल बालिकालाई सामाजिक संस्कार र शिक्षाको पहुचमा जोड दियर बालविवाह रोकथामको अभियानमा लाग्न सम्पुणर् स्थानिय अभिभावकहरु नै सक्रिय हुन जरुरी रहेको बताय । उक्त समापन कार्यक्रममा सादा नेपालनका अनुगमन तथा मुल्यांकन अफिसर नमराज योगीले बाल विवाह तथा बाल हिंसा रोकथाम र विद्यालय भन्दा बाहिर रहेका बालवालिकालाई विद्यालयको पहुचमा ल्याउन नागरिक संजाल,बालअधिकार समिति र स्थानिय राजनितिक दलहरुको पनि महत्वपुणर् भुमिका रहने भयकाले सम्पुणर्ले सकारात्मक सोचका साथ हाम्रो समुदायमा बालविाह मुक्त घर,समाज र टोल घोषणर अभियानको सुरुवात गर्नुपर्ने योगीले बताए । सादा नेपालले विगतदेखि सामाजिक विक्रिति विसंगति,बाल हिंसा,वाल र्दुव्यवहार,लैगिक तथा छाउपडि प्रर्था न्यूनिकरणका लागी शिक्षक,विद्यार्थि,स्थानिय धामिक अगुवा,महिला बालवालिका र जनप्रतिनिधिहरु संगका धेरै कार्यक्रमहरु जिल्लाका ३ वटा पालीकामा संचालन गर्दै आयको र यो अभियानलाई निरन्तरता दिने बताय । ग्रामिण विकास यूवा सुचना केन्द्रका अध्यक्ष नविन विकले स्थानिय अगुवा,किशोर किशोरीहरुको क्षमता विकासका लागी संचालन गरियको २ दिने तालिमको बसाई धेरै राम्रो र धेरै कुराहरुको सिकाई भयको बताय । यो तालिम संचालनका लागी सहयोग गर्ने प्लान इन्टरनेश्नल नेपाल र सादा नेपाल तथा समन्वय गर्ने नरहरीनाथ गाउँपालीकालाई धन्यवाद दियका छन । बास्तबमा हरेक व्यक्तिको सोच समाज रुपान्त्रण गर्नु र रोजगारी सृजना गर्नु नै हो । नरहरीनाथ गाउँपालीकाको हकमा वडा देखि पालिका सम्मका धेरै यूवाहरु लाई समायोजन गरि ग्रामीण विकास यूवा सुचना केन्द्रको स्थापनि गरि यूवाहरुको सिप विकासका लागी पालिकामा केहि बजेट मागको लागी प्रस्ताबना पेस गरेको बताय । अघिल्लो आ।बमा यूवा सुचना केन्द्रले सिप विकासका लागी भनेर ३५ जनालाई कम्प्यूटर तालिम दियको र यो आ।बमा ४१ जनालाई तालिम दिई रहेको बताय । सुचना केन्द्रले ४ लाख ५० हजार बराबरको कार्यक्रम संचालन गर्दा केहि साथीहरुको सहयोगको अभाव भयको बताय । यूवाहरुको सिप विकासकालागी आफु सधै तयारी रहेको र अझपनि पालिकामा केहि थप कार्यक्रमका लागी पहल गरिरहेकाले सम्पुणर् पदाधिकारीहरुलाई क्रियासिल र सक्रिया हुन आग्रह गर्दै तालिम समापन गरे । तालिमको संचालन सादा नेपालका फिल्ड सुफभाईजर गोविन्द नेपालीले गरेका थिय । तालिम नरहरीनाथ गाउँपालीकामा संचालन गरियको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खाँडाचक्र नगरले आयाेजना गरेकाे तीन दिने क्षमता अभिवृद्वि तालिमकाे समापन

२०७८ माघ १९, बुधबार १२:५२
२० माघ,कालिकाेट कालिकाेट जिल्ला खाँडाचक्र नगरपालिका स्थित चन्द्र सुर्य हाेटलमा जनप्रतिनिधि तथा वडा सचिवहरूलाई तीन दिने क्षमता अभिवृद्वि तालिम सम्पन्न भएकाे छ   । कार्यवाहक नगर प्रमुख पुष्पराज गिरीकाे अध्यक्षता र निमित्त प्रमुख प्रशासकीय अधिकृत अबिराज शाहीकाे प्रमुख आतिथ्यतामा समापन भएकाे हाे। साे कार्यक्रममा बाेल्दै अधिकृत शाहिले हाम्राे नगर पालिकाका केही […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.