खाँडाचक्र नगरले आयाेजना गरेकाे तीन दिने क्षमता अभिवृद्वि तालिमकाे समापन

खवरखाेज सम्वाददाता   ।   २०७८ माघ २०, बिहीबार १३:५८

२० माघ,कालिकाेट
कालिकाेट जिल्ला खाँडाचक्र नगरपालिका स्थित चन्द्र सुर्य हाेटलमा जनप्रतिनिधि तथा वडा सचिवहरूलाई तीन दिने क्षमता अभिवृद्वि तालिम सम्पन्न भएकाे छ   ।
कार्यवाहक नगर प्रमुख पुष्पराज गिरीकाे अध्यक्षता र निमित्त प्रमुख प्रशासकीय अधिकृत अबिराज शाहीकाे प्रमुख आतिथ्यतामा समापन भएकाे हाे।
साे कार्यक्रममा बाेल्दै अधिकृत शाहिले हाम्राे नगर पालिकाका केही वडाहरूमा वडा सचिवकाे अभाव रहेकाे छ र पद पुर्ति तत्काल करारमा पदपुर्ति गर्ने अवस्था पनि छैन । र संघ ,स्थानिय तह,प्रदेश लाेक सेवा वाट खटियर नआय सम्म वडा सचिवमा पद पुर्ति गर्न कठिन रहेकाे बताउनु भयाे ।
कार्यवाहक अध्यक्ष गिरीले हरेक वडामा कम्पुटर तथा ल्यापटप र प्रिन्टरकाे अभाव नरहेकाे सबै व्यवस्था रहेकाे अर्थात प्रविधि प्रयाेगमा कठिनाई छ । र याे अनलाईन मार्फत दिईने सेवामा कुनै कन्जुसाई नगर्न तथा सबै जनशक्तिकाे प्रयाेग गरि सशक्तरूपका काम गर्न वडा सचिवहरूलाई तालिमकाे समापन मार्फत बताउनुभयाे   ।
खाँडाचक्र नगरपालिका कालिकाेटकाे आयाेजनामा संचालित कार्यक्रम माघ १८ गते देखि २० गते सम्म संचालन भएकाे हाे ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्राणाली सुदृढीकरण आयाेजना र अनलाईन सम्वन्धि २०१५-२४ सफल पाराै भन्ने हेतुले संचालन गरियकाे हाे।
तालिममा खाँडाचक्र नगरपालिका ११ वटै वडाका जनप्रतिनिधि र वडा सचिवकाे सहभागिता रहेकाे थियाे  ।
व्यक्तिगत घटना दर्ता गर्न नेट,बत्ति र टेक्निकल अभाव लगायतका कठिनाईका वावजुत पनि जन्म,मृत्यु ,विवाह,बसाईसराई जस्ता कार्य अनलाईन मार्फत गर्नु पर्ने संचालक भिम प्रसाद पाण्डेले बताउदै अब याे समस्यालाई नगरपालिकाले ११ वटै वडामा अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता गरि पार्दशि तरिकाले सार्वजनिक सेवा प्रवाह गर्ने वताए  ।
तालिमका प्रशिक्षक MIS अपरेटर कलम बहादुर शाहिले कुनै पनि वडामा अनलाईन सेवा दिदा समस्या आयमा स्वत स्फुर्तरूपमा आफू लागि पर्ने बताउदै तालिमकाे समापन भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तथ्याङ्क व्यवस्थापन तथा रिपोर्टिङ सम्वन्धि एक दिने तालिम सम्पन्न

२०७८ माघ २०, बिहीबार १३:५८
कालिकोट । रास्कोट नगरपालिका,नरहरीनाथ र शान्नित्रिबेणि गाँउपालिकामा कार्यरत स्वास्थ्य कर्मिहरुका लागि तथ्याड्ढ व्यवस्थापन तथा रिपोर्टिङ सम्वन्धि एक दिने तालिम सम्पन्न भएको छ । तिनवटै पालिकामा रहेका स्वास्थ्य कर्मिहरुको रिपोटिइ र तथ्यांक ब्यवस्थापन लाई सुव्यवस्थित गर्ने उद्देश्यकासाथ माघ १४ गते तथ्याड्ढ व्यवस्थापन तथा रिपोर्टिङ सम्वन्धि एक दिने तालिम सञ्चालन गरिएको किर्डाक […]

सम्बन्धित समाचार

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.