कालिकोटमा हाइस दुर्घटना हुदा एकजनाको मृत्यु,१० घाइते

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण ५, बिहीबार १९:४३

गणेश सिंह /कालिकोट । कर्णाली राजमार्ग अन्तर्रगत खाँडाचक्र नपा–६ स्थित सिम्लेगाड खोला नजिकै हाइस दुर्घटना हुदा पचालझरना गाउँपालिका–५ का ३० वर्षीय तुफान बमको मृत्यु भएको छ ।
जिल्ला सदरमुकाम मान्मबाट तिलागुफा नाग्म बजार जादै गरेको कर्णाली प्रदेश ०२००१ ख०२१० नम्वरको हाइस सडकको पेटिमा पल्टीएपछि गाडिभित्र च्याप्पिएर सह–चालक बमको मृत्यु हुनुका साथै गाडिमा रहेका १० जना यात्रु घाइते भएका हुन ।


हाइस दुर्घटनामा परि एक जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले नेपाल समाचारपत्रलाई जनाकारी गराउनु भएको छ ।
प्रहरीका अनुसार घाइते हुनेहरुमा खाँडाचक्र नपा–८ का २० वर्षीया स्वस्तीका परियार,सोही ठाउका एक वर्षीया सस्कृति परियार,३२ वर्षीय जनक परियार,२७ वर्षीया निर्मला परियार,७० वर्षीय विस्नलाल चौलागाईँ,२४ वर्षीय हस्त मल्ल र खाँडाचक्र नपा–३ कै २७ वर्षीय दिपेन्द्र विक रहेका रहनु भएको छ । यस्तै घाइते हुनेमा महवै गाउँपािलका–७ का २४ वर्षीया दर्शना सुनार,एक वर्षीया युनिनका सुनार र ५० वर्षीया रत्नकौरा सुनार रहनु भएको छ ।


घाइतेहरुलाई नेपाल प्रहरी र नेपाली सेनाको टोलिले उद्धार जिल्ला अस्पताल कालिकोटमा उपचार भइरेको छ भने मृतकको सव सनाखत पछि पोष्टमाडमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव अधिकारका आधारभूत अवधारणा सम्वन्धि तालिम सम्पन्न

२०७९ श्रावण ५, बिहीबार १९:४३
खबरखाेज समाचारदाता/कालिकोट। मानव अधिकारका आधारभूत अवधाणा सम्वन्धि दुइदिने तालिम मंगलबार नरहरिनाथ गाउँपालिकामा सम्पन्न भएको छ । मानव अधिकारमा आधारित दृष्टिकोण,कानूनी साशन,प्रभावकारी नीति,मानव अधिकारको अवधारण,दलित महिला अधिकारका विषयमा नागरिक कार्य समुहका पदाधिकारीहरुको क्षमता विकास गर्ने उद्देश्यकासाथ तालिमको आयोजना गरिएको हो  । युरोपीयन युनियनको  आर्थिक सहयोग,प्लान इन्टरनेष्नल नेपाल तथा दलित महिला संघ, […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.