भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

डोरखबर समाचारदाता   ।   २०८२ असार २२, आईतवार १०:५५

काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको छ ।

भोजपुर नगरपालिका-२ घर भएका राजेन्द्र राई (ज्वाइँ)ले श्रीमती, सासू ससुरा र सालोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश यादवले जनाकारी दिए ।

यादवका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या भएको छ । ज्वाइँ राईले गए राती करिब १ बजेतिर ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या गरी आफैले प्रहरीलाई खबर गराएको प्रहरीले जनाएको छ ।

तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिँदा घटनास्थलमा घाइते अवस्थामा राजेन्द्रलाई भेटिएका थिए । घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई पेटलगायत भागमा धारिलो हतियारको चोट लागको प्रहरीले जनाएको छ। उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।

घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

राजधानी दैनिकमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिमकोट राष्ट्रिय सडकमा जोडिएकोमा असाध्यै खुशी छुः प्रधानमन्त्री ओली

२०८२ असार २२, आईतवार १०:५५
सिमकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर्ष सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिएकोमा आफू असाध्यै खुशी भएको बताउनु भएको छ । ‘रास्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी नेपालको एक मात्रै जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि सबैभन्दा बढि खुशी म आफै छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो सफलता हाँसिल गर्ने नेपाली सेनालाई हार्दिक […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.