सिमकोट राष्ट्रिय सडकमा जोडिएकोमा असाध्यै खुशी छुः प्रधानमन्त्री ओली

डोरखबर समाचारदाता   ।   २०८२ असार २३, सोमबार ०८:२७

सिमकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर्ष सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिएकोमा आफू असाध्यै खुशी भएको बताउनु भएको छ ।

‘रास्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी नेपालको एक मात्रै जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि सबैभन्दा बढि खुशी म आफै छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो सफलता हाँसिल गर्ने नेपाली सेनालाई हार्दिक आभार व्यक्त गर्दछु ।’

oli-3-1751806869.jpg
सिमकोट सडकसँग जोड्नका लागि आफूलाई नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञावलीले हुम्लाका राजनितीक दलहरुको संयुक्त ज्ञापन पत्र र ज्ञावली हुम्ला पुगेर हुम्लीको यो गुनासो आफू समक्ष पुर्याएपछि यो कामले औपचारिकता पाएको बताउनु भएका ओलीले सरकारको प्रस्तावलाई पनि नेपाली सेनाले सहजै स्वीकार गरि अहिले ज‍ोड्न सफल भएको बताउदैं अब हुम्ला विकासको बाटो खुलेको प्रतिक्रिया दिनुभयो ।

‘आजदेखि हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन् हुम्ला समृद्धको बाटो समेत औपचारिक रुपमा खुलेको छ’, पुल उद्घाटनका क्रममा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हुम्ला अब उत्तर दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर हुम्ला पश्चिम नेपालको रणनीतिक महत्व बोकेको जिल्लाका रुपमा समेत स्थापित भएको छ ।’

oli-4-1751806870.jpg
आफू परराष्ट्रमन्त्री हुँदा हुम्लाको बाटो र सडकसँग जोड्न पहल गरेको बताउनु भएका प्रधानमन्त्री ओलीले सुरुवातीमा आफूले पहल गर्नुका साथै अहिले आएर रास्ट्रिय सडकसँग जोडिएको जिल्ला उद्घाटन गर्न पाउनु ठूलो रहेको  भनाइ राख्नु थियोे ।

४० दिनमा नेपाली सेनाले जोडेको खार्पु बेलिब्रीजमा रिवन काटेल गाडी पास गराए पछि औपचारिक रुपमा हुम्ला सडकले उत्तर दक्षिण जोडिए सँगै २६ वर्षदेखि सडक सपनामा बिताएको शिर्ष सदरमुकाम सिमकोट आजदेखि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

oli-2-1751806868.jpg
गएको कार्तिक २० गते बसेको मन्त्रीपरिषद बैठकले हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली कोरिडोर अन्तरगतको खार्पु खोलामा निर्माणाधिन मोटरेवल पुलको काममा ढिलाई भएपछि सरकारले अल्पकालिन रुपमा भएपनि सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न बेलीक्रीजको विकल्प अघि सारेको थियो ।

खार्पु नदीमा निर्माण भएको पुल उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले अब हुम्ला राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा टाढा नभएको बताउनुभयो ।

हिल्सा नाकामा एलसी सहितको क्वारेन्टाइन निर्माण हुन्छ 

छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा एलसी सहितको क्वारेन्टाइन निर्माण गर्ने प्रतिवद्वता जनाउनुभयो ।

सिमकोटलाई रास्ट्रिय सडक सञ्चालनसँग जोड्न चुवाखोला बेलिवृज पुलको उद्घाटन गर्न खार्पुनाथको खार्पुदोभानमा पुग्नु भएका प्रधानमन्त्री ओलीले यहाँ व्यापार व्यवसायको ठूलो सम्भावना भएको बताउनुभयो ।

हुम्लाको अर्थ सुधार गर्नका लागि छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्नका लागि ठूलो क्वारेन्टाइन स्थापना तत्काल गर्ने बताउनुभयो । पुल उद्घाटनपछि क्वारेन्टाइन स्थापना हुने उहाँको भनाइ थियोे ।

पुल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री मानविर राई, भौतिक योजना तथा यातायात मन्त्री देवेन्द्र पौडेल, पुर्वमन्त्री तथा एमाले उपमहासचिव प्रदिप ज्ञावली, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल, एमाले स्थायी कमिटि सदस्य तथा कर्णाली इन्चार्ज गोरखबहादुर बोगटी, नेपाली सेनाका प्रधानसेनापति, हुम्लाका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्लामा क्रियासिल दलका नेता, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलगायत सरकारी कर्मचारीको सहभागित रहेको थियो ।

​नेपालबोटबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रसमखाेला सिँचाइ कुलो मर्मतकाे काम उत्कृष्ट बन्यो

२०८२ असार २३, सोमबार ०८:२७
कालीकाेट, जिल्ला शुभकालिका गाउँपालिका वडा नं ५ मा रहेकाे प्रसमखाेला सिँचाइ कुलो पालिकाकै लामाे र  ठुलाे कुलाे  हाे । प्रसमखाेला सिँचाइ कुलो मर्मतकाे काम यश वर्ष भने नमुना बनेको छ । उक्त कुलाे २०८१ चैत्र १० गते कामसुरु गरी  २०८२ असार  १५ गते काम सम्पन्न  गरिएको  थियाे । स्थानीय पूर्वाधार […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.