प्रसमखाेला सिँचाइ कुलो मर्मतकाे काम उत्कृष्ट बन्यो

doorkhabar.com

doorkhabar.com   ।   २०८२ असार २६, बिहीबार १४:५७

कालीकाेट, जिल्ला शुभकालिका गाउँपालिका वडा नं ५ मा रहेकाे प्रसमखाेला सिँचाइ कुलो पालिकाकै लामाे र  ठुलाे कुलाे  हाे । प्रसमखाेला सिँचाइ कुलो मर्मतकाे काम यश वर्ष भने नमुना बनेको छ ।

उक्त कुलाे २०८१ चैत्र १० गते कामसुरु गरी  २०८२ असार  १५ गते काम सम्पन्न  गरिएको  थियाे । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत जम्मा अनुमानित रकम १८ लाखमा काम गरिएकाे प्रसमखाेला सिँचाइ कुलो मर्मत समितिका अध्यक्ष लछु शाहीले बताए । शाहीका अनुसार शुभकालिका गाउँपालिकाकाे तर्फबाट ७ लाख २० हजार  र स्थानीय पूर्वाधार सहयोग कार्यक्रम ( LISP ) बाट १० लाख ८० हजार रुपैया लागेकाे बताउनु भयाे ।प्रसमखाेला सिँचाइ कुलो मर्मत बाट बत्तीस र उदाँगाउका स्थानीय नागरिक लाभान्वित हुने उक्त समितिका सचिव रज बहादुर शाहीले बताए ।

प्रसमखोला सिँचाइ कुलोलाई दिगो (दीर्घकालीन) बनाउन स्थायीत्वका लागि संरचनागत सुधार गर्न कुलोलाई पक्की बनाईएकाे   भूक्षय, र कटानबाट जोगाउन निकै मेहनतका साथ कुलोको किनारामा ढुंगा  ग्याबियन पर्खाल बनाईएकाे बताउनु भयाे  । सो क्षेत्रमा बग्ने पानी वितरणको न्यायोचित व्यवस्था मिलाईएकाे ताकि सबै किसानले  लाभ लिने समितिकि कोषाध्यक्ष नन्दा कामीले बताउनु भयो । कुलो वर्षमा कम्तिमा २ पटक सफाइ र मर्मत गर्ने  बताईन् ।

पानी चुहावट, कुलो थुनिने, वा कटान हुने स्थानहरू तुरुन्त  श्रमदान मार्फत कुलो मर्मत गर्ने बताउनुभयो। कामीका अनुसार गाउँपालिका वा सम्बन्धित निकायबाट प्राविधिक सहयोग र  इञ्जिनियर  हरुकाे  सल्लाह अनुसार उक्तकुलो निर्माण गरिएको बताउनुभयो। कुलो वरिपरि रुख र घाँसे प्रशस्त मात्रामा भएकाले भूक्षय कम हुने लक्ष्य लिएको बताइएको छ।

स्थानीय पूर्वाधार सहयोग कार्यक्रम ( LISP ) का कन्सलटेसी अजुन कुमार आलेका अनुसार  गाउँपालिका संगकाे सहकार्यमा शुभकालिका वडा नं ५ मा राम्रो काम भएकाे बताए  । ( LISP ) काे ठुलाे सहयाेगमा उक्त  समितिले पनि राम्रो काम गरेकाेमा धन्यवाद  दिनु भयाे । स्थानीय मिमकाेशा शाहीका अनुसार काम अनुसारको ज्याला पाएकाे र काम  साेचेभन्दा राम्रो भएकाे बताईन् ।

उक्त कुलोले गाउँलेलाई राहत भएको बताउनुभयो । शुभकालिका गाउँपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रम ( LISP ) कार्यक्रम अन्तरगत  शुभकालिका गाउँपालिका वडा नं १ देखि  ८ वडा सम्म  विभिन्न क्षेत्रमा रहेर शुभकालिका गाउँपालिका संग सहकार्य गर्दै आर्थिक वर्ष २०८१/०८२ मा काम गर्दै अएकाे छ ।कार्यक्रममा बाेल्दै वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाहीले भन्नू भयाे उक्त कुलाेबाट उदाँगाउ र बत्तिस गाउँ लाई सिचाइमा ठुलाे राहात भईरहेकाे बताए । एक वर्ष अगाडि आएकाे ठुलो पैराेले कुलाेेकाे मुहान क्षेत बिछेद गरेकाे र कुलाेमा ठुलाे असर गरेकाे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल मानव अधिकार संगठनको सभापतिमा योगि

२०८२ असार २६, बिहीबार १४:५७
डोरखबर /कालिकोट । नेपाल मानव अधिकार संगठन कालिकोट जिल्ला अध्यक्षमा पत्रकार नमराज योगि चयन भएका छन् । मानव अधिकार संंगठन शाखा खारेज पछि शुक्रबार सम्पन्न पिहलो अधिबेशनले नमराज यागीको सभापति रहेको ११ सदस्सीय सर्वसहमत समिति चयन गरेको हो । मानब अधिकारको संरचना अनुसार उप सभापति मा संचारकर्मी तारा सार्की, सचिवमा […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.