कालीकोटर जिल्ला खाडाचक्र नगरपालीका घर भई हाल जापानमा अध्ययनरत दिपक शाहीले कालीकोटका पाढीपिडितका लागी राहत संकलन गरेका छन्।
आफ्नो अध्ययन सगसगै सामाजिक कार्यमा लागी रहेका शाहीको पहलमा जापानमा वसोवास गदै आएका नेपाली मार्फत राहत संकलन गर्नु भएको हो।
कालिकोटका विभिन्न स्थानमा पहिरोका कारण हुन गएको मानवीय तथा आर्थिक क्षति प्रति दुःख व्यक्त गदैं आफु जन्मेको जिल्लामा पहिरोको कारणले गर्दा धेरै परिवारहरु विस्थापित हुन परेको अबस्था र यस दुःखको घडिमा पिडितहरुलाई थोरै भएपनि सहयोग गर्न सकेको खण्डमा सहयोग पुग्छकि भन्ने उद्देश्यले राहात संकलन गरेको शाहिले वताए।
शाही जापानमा रहेका विभिन्न संसस्थामा संलग्न हुदै जापानमा अध्ययनरत बिध्यार्थिमा आइपर्ने सानाठुला समस्या समाधान गर्न र उक्त समस्यालाइ संघसस्थाहरु सम्म पुर्याउने काम गर्दै आएका छन्।जापानमा रहेका संघसस्थामा संलग्न भएर देशभित्र र देशबाहिर समाजसेवा गर्ने आफ्नो ठुलो रुचि रहेको उहाँले वताउनु भयो।
उक्त संकलित नेपाली रकम रु।७२ हजार २ सय रकम शाहिले एन।आर।एन क्युस्यु मार्फत कालीकोट लगाएतका समाजमा घटेका घटनाका समाचार सम्प्रेष्ण गर्ने खबरखोज अनलाईलाइ पठाइएको छ।





