“सक्षम जनशक्ति उत्पादनकाे गन्तव्य ,सुशासनयुक्त बालमैत्री विद्यालय ” भन्ने मुल नाराका साथ श्री चन्द्र शुर्य माध्यमिक विद्यालय शुभकालिका गाउँपालिका वडा नम्बर ६ हाउडीको ५८ औँ वार्षिककाेत्सव समाराेह एक कार्यक्रमका बिच बुधबार सम्पन्न भएको छ । पूर्व कृषि मन्त्री माननीय कुर्मराज शाहीको प्रमुख अतिथितामा ५८ औँ वार्षिककाेत्सव समाराेह विदाई पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ गरिएको थियाे ।
यस्तै कार्यक्रममा ४२ वर्ष सेवा गर्दै आउनुभएकी शिक्षिका जयरूपा शाहीलाई उक्त कार्यक्रममा विदाई तथा सम्मान गरिएको हाे । उक्त कार्यक्रममा सहिद कर्णाली स्मृति पुरस्कार २०८२ बाट जोखिममा रहेका बालबालिका विनिता रोका मगर र दिपेन्द्र शाही लाई सम्मानसहित झोला वितरण गरिएको थियो । यस्तै भगिराम आचार्य स्मृति पुरस्कार २०८२ बाट सीता परियार, रविन्द्र नेपाली,नरेश वि.क , कुशल नेपाली सहित ४ जना लाई सम्मानसहित झोला वितरण गरिएको हाे ।
दिनेश स्मृति काेष बाट जीवन शाही विक्रम आचार्यलाई सम्मान गरिएको थियो। विष्णु प्रसाद लामिछाने पुरस्कार २०८२ बाट सुनिल शाही प्रवेश आचार्य लाई सम्मान गरिएको विद्यालयकी प्रधानाध्यापक यशोदा भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार उक्त विद्यालयबाट प्रथम द्वितीय तृतीय स्थान ल्याउने कक्षा १ देखि ९ सम्मका सम्पूर्ण विद्यार्थीलाई कपी कलम लगायतका पुरस्कार बितरण गरिएको बताउनु भयो ।
कार्यक्रममा शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्य भन्नू भयाे विद्यालयको स्तर उन्नतिका लागि साझा एजेडा बनाएर लाग्ने र गाउँपालिका सरकारले शिक्षा लाई अगाडि लैजानका लागि निरन्तर प्रयास गरिरहेको बताए । आफू हाउडीमै जन्मिएकाले पनि उक्त विद्यालयको स्तरउन्नतिका लागि निरन्तर लागिरहने बताउनुभयो। यस्तै नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा शुभकालिका गाउँपालिका इन्चार्ज कृष्ण प्रसाद आचार्यले गाउँपालिका सरकारले उक्त विद्यालयका लागि घेरबाड , मञ्च विद्यालयका भवनहरू निर्माणका लागि बजेट विनियोजन गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा पूर्व कृषि मन्त्री कुर्मराज शाहीले आफू निर्वाचित भएको बेला उक्त विद्यालयलाई सहयोग गरेको र हाउडी बासीहरूका लागि निरन्तर सेवामा तत्पर रहेको शाहीले बताए । विद्यालयको वार्षिक उत्सवको शुभकामना दिँदै विद्यालयको स्तरउन्नतिका लागि आफू निरन्तर लागिरहने बताउनुभयो। यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिप बहादुर शाहीकाे सभा अध्यक्षता , पूर्व कृषिमन्त्री माननीय कुमराज शाहीकाे प्रमुख आतिथ्यता गाउँ पालिका अध्यक्ष गाेविन्द प्रसाद आचार्यकाे विशेष आतिथ्यता नेकपा एमाले कर्णाली प्रदेश सदस्य तथा शुभकालिका गाउँपालिका इन्चार्ज कृष्ण प्रसाद आचार्य ,नेपाली कांग्रेस जिल्ला सदस्य कलम बहादुर शाही , नेकपा माओवादी केन्द्र जिल्ला सदस्य नबिना शाही ,नेकपा एमाले जिल्ला सचिव पुष्प आचार्य ,शुभकालिका ५ का अध्यक्ष मिम बहादुर शाही ,६ का अध्यक्ष दिप बहादुर शाही ,नेपाल शिक्षक महासंघ जिल्ला सहअध्यक्ष अर्जुन प्रसाद आचार्य लगायतका अतिथिहरूको उपस्थितिमा कार्यक्रम गरिएको थियो।
कार्यक्रममा विद्यालयमा हुने दैनिक क्रियाकलापहरू प्रस्तुत समेत गरिएका थिए। उक्त कार्यक्रममा अभिभावक, नागरिक समाज, पत्रकार, कलाकार, सुरक्षाकर्मी, स्थानीय नागरिकहरूको बाक्लो सहभागिता रहेको थियो।