प्रेस चोैचारी कालिकोटद्वारा केन्द्रीय सदस्य शाहीलाई स्वागत

मानबहादुर बिश्वकर्मा   ।   २०७८ पुष ७, बुधबार २०:२३

७ पुस, कालिकोट । नेकपा एमालेको हालै सम्पन्न दशौं महाधिवेशनवाट निर्वाचित केन्द्रीय सदस्य नगिन्द्र शाही नेशनललाई प्रेस चौतारी नेपाल कालिकोटले आज स्वागत तथा पत्रकार भेटघाट कार्यक्रम गरेकोे छ।

राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज शाहीलाई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज कालीबहादुर मल्लले जिल्ला सदरमुकाम मान्ममा खादा र माला लगाएर स्वागत गर्नु भएको हो।

स्वागत पछिको पत्रकार भेटघाट कार्यक्रममा आफ्नो धारणा राख्देै पार्टीका केन्द्रीय सदस्य शाहीले एमसिसिबारे बोल्न दिइएन भन्ने रामकुमारी झाक्रिहरु अहिले सरकारमा हुँदा चुप लागेर बसिरहेको बताउनु भयो।

उहाले अहिलेको बर्तमान गठबन्धन सरकारले प्रतिगमन निम्त्याउने धारणा राख्नु भयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकोटका जिल्ला उपाध्यक्ष एवम् प्रेस युनियनका अध्यक्ष नमराज योगिले विचार आस्था जेसुकै भए पनि जिल्लाको विकास निमार्णका सवालमा केन्द्रमा पहुँच भएको नेश्नल शाही जस्ता नेताहरुलाई सवैले सहयोग गर्नु पर्ने बिचार ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा प्रेस चौतारी नेपालका जिल्ला सचिवालय सदस्य रमेश सुनारले आफ्नो मन्तवव्य राख्नु भएको थियो भने सञ्चालन सदस्य डिल्लीप्रसाद चौलागाईले गर्नु भएको थियो।

कार्यक्रममा प्रेस चौतारी नेपालका सदस्य बहादुरे विश्वकर्माले सांगितिक प्रस्तुति मार्फत केन्द्रीय सदस्य शाहीलाई स्वागत गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेसिज शाखा कर्णालीको उपाध्यक्षमा शाहीको उम्मेदवारी घोषणा

२०७८ पुष ७, बुधबार २०:२३
८ पुस, काठमाडौं । कर्णाली जेसिज शाखा बर्ष २०२२ को उपाध्यक्ष पदमा जेसिज धिरज शाहीले उम्मेदद्धारी घोषणा गरेका छन्। कर्णाली जेसिजको सदस्य समेत रहेका शाहीले अब कर्णाली जेसिज वर्ष २०२२ मा शाखाको उपाध्यक्षका लागि आफ्नो उम्मेदवारी रहेको बताए। युवाहरु लाई परिमार्जित गर्दै नया ढंगले आफू अघि बढ्ने र बिगत देखि […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.