कालिकोट । रास्कोट नगरपालिका–४ का १३ बर्षीय भरत सार्की उनका भाई सात वर्षीय हस्त सार्की र पाँच वर्षीय डाइमण्ड सार्की बिचल्लीमा परेका छन् । उनिहरुका पीता गुइया सार्कीको छ वर्ष अघि मृत्यु भएको दुइ बर्षपछि उनहरुकी आमा आइती सार्कीले दोस्रो विवाह गरेर गएका कारण सहरा विहिन भइ विचल्लीमा परेका हुन् ।
गुइया र आइतीबाट जन्मेका तीन छोराहरु चार वर्षदेखि कसैको संरक्षण नपाउदा घुमन्ते जिवन विताइरहनु परेको पीडित भरत सार्की बताउनु हुन्छ । बुवाको मृत्यु हुँदा जेठो छोरा भरत सात वर्षका मात्रै थिए चार वर्षअघि आमाले पनि छोडेर गएपछि भरतले दुइ भाइ लिएर सवैको ढोकामा पुगे मागेर जिवन चलाउने गरिरहेका छ ।
भरतसँगै सात वर्षका हस्त र पाँच वर्षका डाइमन सहाराको खोजीमा छन् । ‘बुवाको मृत्यु भयो, आमाले अर्को विवाह गरेर जानुभयो,’ भरतले भन्नु भयो, ‘त्यसयता दिनभरी खानेकुरा माग्दै हिडने साँझ कसैको घरको पशु बाँध्ने गोठमा बस्दै आएका छौं’ उहाले थप्नु भयो ।
अरु साथिभाई पढ्न हिडेको वेला उहाँहरुलाई विद्यालय गएर पढ्ने चाहाना त तिब्र जागेर आउछ तर तीन भाईलाई खान–लाउनकै चिन्ता छ, यस्तोमा विद्यालय देख्न पाएकै छैनन । ‘विद्यालय जानका लागि पोशाक चाहियो, कापी किताव चाहियो,’ ‘काम पाए काम गरेर खान्छौं, नपाए मागेर खान्छौं, यस्तोमा विद्यालय कसरी जानु ?’ बालक भरतले भन्नुभयो । बुवा–आमा नहुँदा तीनै भाईको हालसम्म जन्मदर्ता जन्म दर्तानै बनेको छैन् ।
यसका बारेमा रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले टुहुरा बालकहरुको विचल्ली भएको भन्ने जानकारीमा आएको छ,उनिहरुको समस्यालाई ध्यानमा राखेर आवासीय विद्यदालय खोजेर स्थानीय सरकारले पठनपाठन लालन पालन ब्यवस्था मिलाउने प्रतिवद्धता नेपाल समाचारपत्रसँग जनाउनु भयो ।
उहाँहरुको जन्मदर्ता नहुदा सरकार तथा अन्य गैरसरकारी निकायबाट पाउने सेवा सुविधाबाट समेत बञ्चित हुनु परेको स्थानीय समाजसेवी लिलाराज सञ्ज्याल बताउनु हुन्छ् ।
उहाका अनुसार पीडित बालकहरुको पशु चौपाँय बाँध्ने गोठकमा बास हुन्छ,लगाउनका लागि उनीहरुको शरिरमा राम्रो कपडा छैन्,ओढ्ने र ओछ्याउने पनि उनीहरुसँग कपडा समेत छैन् ।





