खबरखोज कालिकोट / रास्कोट नपा–४ कर्णाली टोलका तीन बालबालिकालाई सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालले खाद्यान्न र लत्ताकपडा सहयोग गरेको छ । अभिवावक बिहिन भइ विचल्लीमा परेका बालकलाई प्लान इन्टरनेशनल नेपालको सहयोगमा र सादा नेपालको साझेदारिमा संचालित बाल संरक्षण कार्यक्रम अन्तर्गत बीहिबार रास्कोट नपाको रोहवरमा सहयोग हस्तान्त्रण गरिएको हो ।

रास्कोटका नगर प्रमुख धर्मराज शाही,उपप्रमुख मनिराज बराल, सादा नेपालका कार्यकारी निर्देशक अशोक नाथ योगी, रास्कोट नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत जवानसिंह बमको उपस्थितिमा सहयोग सामग्री वितरण गरिएको सादा नेपालका अनुगमन तथा मुल्याङ्कन अधिकृत नमराज योगिले जानकारी गराउनु भएको छ ।
सामाग्री बालवालिकाको नाममा बुझ्न पाउदा खुसी व्यक्त गर्दै अभिभावक साउने सार्कीले अवको आवश्यकता बालकलाई शिक्षा रहेको वताउनु भयो । उहाँले आफू पनि विपन्न रहेकाले सहयोगी सस्था प्लान र सादालाई धन्यबाद दिनुका साथै निरन्तर सहयोगको अपेक्षा गरेको बताए । रास्कोटका नगरप्रमुख शाहीले बालकलाई सहयोग सामाग्री हस्तान्त्रण गर्दै उनिहरुका नाममा नगरले घर बनाइदिने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा सादा नेपालका कार्यकारी निर्देशक योगीले बालवालिकाको हक र अधिकारका लागि सधै सादा नेपाल तयार रहेको बताउनु भयो । साथै उहाँले सादा नेपालले नरहरिनाथ,सान्नीत्रिवेणी गाउँपालि र रास्कोट नगरपालिकाका ४ हजार २७ जना विपन्न तथा जोखिममा रहेका इस्पन्सरसिप बालवालिकाहरुलाई निरन्तर शैक्षिक समाग्री सहयोग हुदै आएको जानकारी गराउनु भयो ।
सादा नेपालले समुदायमा बालबालिका र महिला सम्बन्धिका समस्या हरुको समाधानका लागि बिभिन्न निकाय संगको समन्वयमा सहयोगका कार्यक्रम निरन्तर संचालन गर्दै आएको छ । सादा नेपालले प्लान इन्टरनेस्नलसँगको सहकार्यमा महिला हिंसा,बालविवाह,छिटो विवाह,जवजस्ती विवाह न्यूनिकरणका लागि अभियान सञ्चालन गदै भएको छ ।
यसैगरी प्लान इन्टरनेशनल नेपालको सहयोगमा सादा नेपालले नरहरिनाथमा रहेका विपन्न्न तथा अनाथ बालबालिकालाई सहयोगको तयारी गरेको छ ।






