मार्ने धम्की दिएर दलित बालिकाको गर्भ पतन, पीडितको ज्यान जोखिममा

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र ६, शनिबार १८:४१

कालिकोट/१८ वर्षीया दलित बालिकालाई बलात्कार गरी गर्भ पतन गरेको आरोपमा रास्कोट नगरपालिका–४ बसन्तपुरका ५१ वर्षीय नमराज शाहीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा शुक्रबार उजुरी परेको छ ।
पीडित बालिकालाई आरोपितले ०७७ जेठ महिनादेखि लगातार बलात्कार गर्दै आएको र अहिले दलितको छोरी भन्दै जवजस्ती गर्भ पतन गराएको पीडितका पिताले खवरखोजलाई बताउनु भयो ।
बलात्कापछि बालिकाको चार महिनाको बच्चा रहन गएको जातीय विभेदकै कारण आरोपितले मार्ने धम्की दिएर जवजस्ती गर्भ पतन गराएको पीडितको आरोप रहेको छ ।
यता दलित अधिकारकर्मी रमेश नेपालीले जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर यक्षराज जोशीले जातीय विभेदको उजुरी दर्ता नहुने भन्दै पटक–पटक सच्याउन दवाव दिएको आरोप लगाउनु भएको छ ।
पीडित बालिकाको गर्भपतन पछि अत्यधिक रक्तश्राव भएका कारण स्वास्थ्य परीक्षण तथा उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका निमित्त प्रमुख डाक्टर भिष्म पोख्रलले जनाकारी गराउनु भएको छ ।
पीडितका पिताले दिएको उजुरी दिएको र पीडितसँग बुझ्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्याम ओलियाले बताउनु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महामारीमा तलब पाउने सर्वमान्य सिद्धान्त

२०७७ भाद्र ६, शनिबार १८:४१
कृष्णहरि बास्कोटा/ हाल विश्वलाई नै कोरोना कहरले गाँजेको छ । नेपाल मात्रै यसबाट अछूतो हुने कुरै भएन । गत २०७६ चैत्र ११ गतेबाट आरम्भ भएको औपचारिक लकडाउनले करिब ४ महिना निरन्तरता पायो । यसपछि लकडाउनलाई केही खुकुलो गरिएपनि सरकारी कार्यालय, उद्योग, व्यापार, शिक्षालगायत कुनैपनि क्षेत्र स्वाभाविक लयमा फर्किन सकेको छैन […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.