सम्झौताको केही घण्टा नबित्दै भारत र पाकिस्तानले एक-अर्कालाई लगाए युद्धविराम उल्लंघनको आरोप

डोरखबर समाचारदाता   ।   २०८२ बैशाख २८, आईतवार १५:२४

डोरखबर/काठमाडौं। भारत र पाकिस्तानले एक अर्कामाथि युद्धविराम ‘उल्लंघन’ को आरोप लगाएका छन्। शनिवार दुवै देशले सैन्य आक्रमणको केही दिनपछि युद्धविराममा सहमति भएको घोषणा गरेका थिए।

भारत-प्रशासित कश्मीरमा विस्फोटको आवाज सुनेपछि भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले भने, ‘हामीले प्राप्त गरेको समझदारीको बारम्बार उल्लंघन भएको छ।’

त्यसको केही समयपछि प्रतिकृया दिँदै भारतले केही क्षेत्रमा उल्लंघन गरिरहे पनि युद्धविरामको निष्ठापूर्वक कार्यान्वयनमा प्रतिबद्ध रहेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।

गत चार दिनदेखि भारत र पाकिस्तानबीच भएको भिडन्त दशकौंकै सबैभन्दा गम्भीर सैन्य संघर्ष भएको बताइएको छ। ड्रोन, क्षेप्यास्त्र र तोपहरूको प्रयोग भारतले पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा आक्रमण गरेपछि सुरु भएको थियो।

भारतको यो कारबाही गत महिनाको पहलगाममा भएको एक घातक उग्रवादी आक्रमणको प्रतिक्रिया स्वरूप भएको थियो। पाकिस्तानले भने उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोशल प्लेटफर्ममार्फत भारत र पाकिस्तानबीचको सम्झौता अमेरिकाको मध्यस्थतामा सम्भव भएको बताएका थिए।

पछि पाकिस्तानका विदेश मन्त्रीले पनि दुई देशबीच समझदारीमा सहमति भएको पुष्टि गर्दै भारत र पाकिस्तान र भारतबीच युद्धविराम सम्झौता भएको बताए।

तर यो घोषणा केही घण्टापछि नै भारत-प्रशासित कश्मीरको श्रीनगर र जम्मु सहरमा बसोबास गर्ने स्थानीय र बीबीसीका पत्रकारहरूले विस्फोटको आवाज र आकासमा चमक देखिएको बताएका छन्।

शनिवार साँझ भएको सहमतिको पछिल्ला केही घण्टामै बारम्बार उल्लंघन भएको भारतीय परराष्ट्र सचिव विक्रम मिस्रीले बताएका छन्। सचिव मिस्रीले एक पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले सम्झौता उल्लंघनको ‘उपयुक्त जवाफ दिइरहेको’ बताउँदै पाकिस्तानलाई यी उल्लंघनको समाधान गर्न आह्वान गरेका छन्।

त्यसको जवाफमा पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तान र भारतबीच घोषणा गरिएको युद्धविरामको निष्ठापूर्वक कार्यान्वयनमा पाकिस्तान प्रतिबद्ध रहेको बताए। dcnepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्री चन्द्र सूर्य माध्यमिक विद्यालयकाे ५८ औं वार्षिक उत्सव सम्पन्न

२०८२ बैशाख २८, आईतवार १५:२४
“सक्षम जनशक्ति उत्पादनकाे गन्तव्य ,सुशासनयुक्त बालमैत्री विद्यालय ” भन्ने मुल नाराका साथ श्री चन्द्र शुर्य माध्यमिक विद्यालय शुभकालिका गाउँपालिका वडा नम्बर ६ हाउडीको ५८  औँ वार्षिककाेत्सव समाराेह एक  कार्यक्रमका बिच बुधबार सम्पन्न भएको छ । पूर्व कृषि मन्त्री माननीय कुर्मराज शाहीको प्रमुख अतिथितामा ५८  औँ वार्षिककाेत्सव समाराेह विदाई  पुरस्कार वितरण […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.