कालिकाेट । जस्तोसुकै प्रतिकुलता परिस्थितिमा पनि निरास नहुन कालिकोटका आम कार्यकर्ता जनतालाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज नगिन्द्र शाही नेश्नलले अपिल गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक स्टाटस मार्फत इन्चार्ज शाहीले परिस्थिति कहिले अनुकुल कहिले प्रतिकूल भइरहन्छ,अनुकूलतामा हौसिने र प्रतिकूलमा निरास हुनुहुदैन,जस्तोसुकै परिस्थितिलाई सामना गर्ने दृढता राख्ने मान्छे नेता हो र असल कार्यकर्ता हो भनेका हुन् ।
साथै उहाँले यस्तो परिस्थितिलाई सामना गर्न झन एकताबद्ध हुन जरुरी छ,हामी केही दिनमै फेरि उठ्ने छौ किनभने हामीसंग समाज बदल्ने सिद्धान्त,नीति,विचार, नेतृत्व,संगठन र इच्छाशक्ति रहेको उल्लेख गरेका छन् ।
प्रतिकुलतामा निरास नहुन एमाले जिल्ला इन्चार्ज शाहीको अपिल





