कालिकोटमा स्थानीय तहका उपनिर्वाचन ०८१ शान्तिपूर्ण सम्पन्न

कालीबहादुर मल्ल   ।   २०८१ मंसिर १९, बुधबार ११:५२

डोरखबर/कालिकोट मंसिर १६ । जिल्लाको तिलागुफा नगरपालिका–४ मा वडाध्यक्ष पदको लागि भएको मतदानमा २ सय १७ महिला र १ सय ९४ पुरुष गरी जम्मा ४ सय ११ मतपत्र खसेको छ ।
६ सय ९ जना मतदाता रहेको सोही वडास्थित रहेको श्री कालिका माध्यामिक विद्यालय, राचुलि मतदान केन्द्रमा मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख धनबहादुर मल्लले जानकारी गराउनु भएको हो ।


बिहानदेखि शान्तिपूर्ण मतदान भइ सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले बताउनु भएको छ । उहाँका अनुसार सर्वदलीय बैठकपछि आजै साँझबाट मत गणना गरिने छ ।
तितिलागुफा नगरपालिका–४ को वडाध्यक्षका पदका लागि ६ जनाको प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसबाट पैलबहादुर शाही, नेकपा (एमाले)बाट ऐनबहादुर शाही,माओवादी केन्द्रबाट नौशोभा शाही,नेमकिपाबाट खड्कराज शाही,रास्वपाबाट गगन बम र राप्रपाबाट गोगनबहादुर शाहीकोे उम्मेदवारी परेको थियो ।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित परबहादुर शाही सोहि वर्षको असोज २३ गते राँचुलीमा आएको खोलाको बाढीमा परी बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडाध्यक्ष सिंह माथि आक्रमण घटनाको गाउँपालिका अध्यक्षद्धारा निन्दा

२०८१ मंसिर १९, बुधबार ११:५२
डोरखबर/कालिकोट । महावै गाउँपालिका–३ का वडाध्यक्ष पदमबहादुर सिंह माथि आक्रमण गरि गम्भिर घाइते वनाइएको घटनाको गाँउपालिका अध्यक्ष खेमबहादुर सिंहले घोर निन्दा गरेका छन् । पीडित वडाध्यक्ष सिंह आफ्नै घरमा बसिरहेको अवस्थामा शुक्रबार सोही वडा राता टोल बस्ने जिवन सिंह,तारा सिंह,टोप सिंह र घमण्ड शाहीले आक्रमण गरि घाइते वनाइएको भन्दै पालिका […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.