एमालेको विधान सम्मेलन साउन २५ गते गर्ने निर्णय

खबरखोज सम्वाददाता   ।   २०७८ असार १९, शनिबार २२:०१

नेकपा एमालेको विधान सम्मेलन साउन २५ गते गर्ने निर्णय भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको बैठकले सो निर्णय गरेको हो । यस्तै निर्वाचन र महाधिवेशन जुध्ने अवस्था आए महाधिवेशन बैशाखमा सार्ने पनि निर्णय भएको छ ।

यसअघि दशौं राष्ट्रिय महाधिवेशन मसिर २ देखि ६ सम्म गर्ने निर्णय भएको थियो । असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्ने प्रस्ताव

२०७८ असार १९, शनिबार २२:०१
२० असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको बताए । कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने भएकाले […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.