कालिकोट । हिमचुलि कृषि सहकारी सस्था कालिकोटका वरिष्ठ सहायक पदमा कार्यरत सिंहबहादुर शाहीको शुक्रबार सस्थाको मान्म स्थित भवनको पछाडी बारदलीबाट खसेर निधन भएको छ ।
महावै गाउँपालिका ६ गणेशकोट निवासी ३५ वर्षीय शाही निमाणधिन भवनको छतबाट खसेपछि घाइते अवस्थामा अस्पताल पुगाएपछि डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
अत्यन्तै मिलनसार शाही विगत सात बर्षदेखि सहकारिमा आवद्ध रहेको र उहाको निधनबाट सस्थालाई अपुरणिय क्षति पुगेको सस्थाका प्रवन्धक जगेन्द्र आचार्यले वताउनु भएको छ । शाहीप्रति खवरखोज परिवार पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
हिमचुलि सहकारीका वरिष्ठ सहायक शाहीको निधन





