जीवनका झण्डै सात दशक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाई गर्नुभएको प्रधान नेपालको वाम—प्रजातान्त्रिक आन्दोलन, कम्युनिस्ट आन्दोलन, राष्ट्रियताको आन्दोलन र समाज परिवर्तनको आन्दोलनमै आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने बहुआयामिक व्यक्तित्व हुनुहन्थ्यो।

 

विक्रम संवत १९८४ साल असार २७ गते काठमाडौँको असनमा सहाना आमा रम्भादेवी प्रधान र बुबा शङ्करलाल प्रधानकी तेस्रो सन्तान हुन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठकी जीवनसंगिनी उनका छोरी उषा र छोरा उमेश श्रेष्ठ छन् ।

सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्रीले स्वर्गीय प्रधानको सम्झना र उनले देखाएको मुक्तिको बाटोमा हिँड्दै गरेको सहाना प्रधान प्रतिष्ठानले आज बेलुकी ४ बजे एक कार्यक्रमको आयोजना जानकारी दिनुभएको छ ।

‘नेपालको कम्युनिस्ट आन्दोलन र नेकपाको अबको बाटो’ विषयक उक्त भर्चुअल कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्य, सहाना प्रधान प्रतिष्ठानका संरक्षक तथा सहानाका छोरा उमेशलाल श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्री वक्ता रहेको महासचिव कला राईले बताउनुभयो।

नेपाली महिला आन्दोलन र राजनीतिमा एक्सन् ओरिएंटेट् आइरन् लेडी  मानिने सहानाको २०७१ साल असोज ६ गते निधन भएको थियो ।