प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र १४, आईतवार १०:५४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न सभामुख सापकोटा शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटमा बाढी पहिरोबाट विस्थापित सिन्धुपाल्चोकवासीलाई सुरक्षित स्थानमा स्थायी आवास बनाएर स्थानान्तरण गर्नेबारे छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवम् अस्थायी बसोबासको प्रबन्धबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

भेटमा सभामुख सापकोटाले जोखिममा परेका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरुको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यवस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयहरु उल्लेख गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सम्बन्धित कार्यहरु यथाशीघ्र अघि बढाइने बताएको न्यौपानेले जानकारी दिए ।

साउन ३० गतेको लिदी पहिरोबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका १ बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । यही भदौ १० गते सभामुख सापकोटाले बाँसखर्क पुगेर अस्थायी बसोबासका लागि आएका लिदीबासीलाई सोलार, भाँडाकुँडा, लत्ताकपडा एवम् सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाका लिदी, जम्बु, मेलम्ची, फुल्पिङ लगायतका स्थानमा बाढी र पहिरोमा परी यस वर्ष मात्रै ५६ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोट पहिरोमा परि मृत्यु हुनेको संख्या १० पुग्यो

२०७७ भाद्र १४, आईतवार १०:५४
कालीकोट / जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । दुई जना घाइते भएका छन् । आइतबार बिहान आएको सुक्खा पहिरोले उक्त ठाउँका चार वटा घर पुरेको थियो । कालिकोट र जुम्लाको सीमामा रहेको नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यापार […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.