मुगु चिताई गाउँका अधिकांश् घरमा ताल्चा

डोरखबर समाचारदाता   ।   २०८२ श्रावण १५, बुधबार १६:०२

मुगु । मुगु जिल्लाको र्पुिर्व, उत्तरी भेगमा पर्ने कार्मारोङ गाउँ पालिकाको वडा नं १ को चिताई गाउँका स्थानीय बासी ब्यापार, ब्यवसायका लागी भन्दै अधिकांश गाउँलेहरु दुई घण्टाको यात्रा लाग्ने गाउँ देखी तल “चिताई कुना” भन्ने स्थान बेसीतिर सिङ्गो गाउँ नै झरे पछी गाउँमा तिन बर्ष देखी ताल्चा ठोकेर गाउँ नै सुनसान रहेको छ ।

कार्मारोङ गाउँपालिको उच्च स्थानमा पर्ने यो बस्ती लामा जातिका स्थानीय बासीन्दा हुन । यो बस्तीमा जिल्ला भन्दा बाहीर गएका र जिल्लामै रहेका गरेर ९० भन्दा बढी घरधुरी रहेका छन । उच्च स्थानमा रहेकाले यो बस्तीमा खेतीपातीमा आलु, फापर र नाफल बाहेयक केही अरु बाली नहुने भएपछी खेतीपातीले जिविका चलाउन कठीन हुने हुदा बेसीतिरको जग्गामा आएर गाउँ नै ब्यापार ब्यबसायमा लागेको चिताई गाउँका स्थानीय गोटुप लामाले जनाए ।

दुई, तिन बर्ष अगाडी बेसीतिर चार,पाँच घर झरेपनी गएको बर्ष देखी सिङ्गो गाउँ नै झरेको र कुनै,कुनै घरमा मात्र बृद्ध,बृद्धा मात्र बसेका छन स्थानीय लामार्ले बताए ।

गएका बर्षवाट उक्त गाउँका बासिन्दाहरुले चिताई कुनामा बसाई सरेपछी महिनाको एक,दुई पटक आवश्यक परेको बेला, घरमा र गुम्बामा पुजाका लागीमात्र चिताई गाउँमा जाने गर्दछन, भने घरमा ताल्चा ठोकेर चिताई कुनामा बसाई गरेको स्थानीयहरु बताउछन ।

उक्त गाउँका स्थानीयहरुले गएका केही बर्ष अगाडी गाउँको पाखो,वारी खेतीपाती गरेपनी बेसी तिर झरेपछी गत बर्ष बाट खेतीपाती गर्न पनी छाडेको चिताई गाउँकी सोनाम लामाले बताईन । खेती भन्दा ब्यापार नै ठुलो र आय बढी हुने भन्दै सो गाउँका सिङ्गो गाउँ नै बेसी झरेर खेतीपाती छाडेका हुन । बेसीको चिताई कुनाबाटै नाक्चे लाग्नाा हुदै तिब्बतको हेजीमार सम्म जाने बाटो पनी यही भएकोले नाक्चे लाग्नाको सडक पनी यतै बाट आउने भएकाले यसको भविश्य पनी देखीएकोले सिङ्गो गाउँ नै चिताई कुना झरेको स्थानीय गाउँले बताउछन ।

उक्त गाउँका स्थानीय केही बर्ष खेती झरेपनी हाल आएर पछुताएको वताउछन, खेतवारी बाँझो राखेर बेसी झर्दा खेतबारी बाँझिदा पुन खन्नु पर्ने अबस्था देखिएपछि केही स्थानीयहरु पुन खेती तिरै फर्कने गाउँले बताउछन । साथै कार्मारोङ्ग गाउँपालिकाको वडा नं १ मा पर्ने यो चिताई गाउँ कर्णालीको प्रमुख धार्मीक पर्यटकीय तिर्थस्थल छायानाथको आधार शिविरमा पर्ने गाउँ पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिलागुफा १० मा माओबादी परित्याग गरि एमालेमा प्रवेश गर्नेको घुइचो

२०८२ श्रावण १५, बुधबार १६:०२
कालिकोट । तिलागुफा नगरपालिका–१० मा नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रबेश गर्नेको घुइचो लागेको छ । एमाले कर्णाली प्रदेश कमिटि सचिवालय सदस्य एबम सोही नगरपालिका उपप्रमुख महेन्दबहादुर शाहीले जनपक्षीय काम गरेको भन्दै सिंगो गाउँनै एमालेमा प्रवेश गरेको हो । माओवादी केन्द्र पतियाग गरिए एमालेमा प्रवेश गर्नेहरुमा कालि बहादुर […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.