कालीकोटमा पहिलो पटक क्रिकेट खेलको उद्धाटन

dhamka

kalikot   ।   २०८१ माघ १६, बुधबार १८:०१

कालीकोट , जिल्लामा पहिलो पटक टी २० क्रिकेट खेल सुरु भएको छ । ‘प्रथम कालीकोट टी–२० पुरुष क्रिकेट प्रतियोगिताका लागि हिजो लोगो र जर्सी सार्वजनिक गरे संगै क्रिकेट संघ कालीकोटको आयोजनामा प्रतियोगिताको भब्य तयारीका साथ आजबाट खेल सुरुगरिएको हो । फागुन २५ देखि लुम्बिनी प्रदेशमा सुरु हुने प्रधानमन्त्री पुरुष कप क्रिकेटलाई ध्यानमा राखी प्रथम कालीकोट जिल्ला खुल्ला टी–२० पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । कालीकोटमा पहिलो पटक क्रिकेट प्रतियोगिताको आयोजना हुदाँ याहाँका स्थानिय नागरीक हरु खुसी भएका छन् ।

कार्यक्रमा बोल्दै नेपाली कांग्रेस काणली प्रदेशका प्रबक्ता दमन शाहीले भन्नु भयो । कालीकोट जस्तो विकट ठाउँमा क्रिकेट प्रतियोगिता आयोजना हुनु आफैमा गर्वको कुरारहेकाे बताए । अबका दिनमा कालीकोटका युवाहरुले क्रिकेटमा भविष्य बनाउने र कालीकोटलाई विश्वसामु चिनाउनेमा विश्वस्त रहेको बताउनु भएको थियो । क्रिकेट प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ । कार्यक्रममा खाँडाचक्रर नगर पालिकाका उपप्रमुख गणेश बहादुर शाहीको प्रमुख आतिथ्यता नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रबक्ता दमन बहादुर शाहीको विशेष आतिथ्यता, क्रीकेट संघ कालिकोटका अध्यक्ष खडकजंग शाहीको सभाअध्यक्षतामा कार्यक्रमको उद्धाटन गरीएको हो ।

क्रीकेटको विकासका लागिसबैले सहयोग गर्नु पर्ने सिमित भौतिक पुर्बाधार हुँदा पनि कालिकोटमा यस्ता प्रतियोगिता हुन राम्रो भएको र क्रीकेटले देशमा जसरी प्रगति गरेर विश्वसामु नेपाल लाई चिनाउन सफल भएको छ यसैगरी कालिकोटमा भएको प्रतियोगिताले पनि युवा खेलाडीहरु आफ्नो खेल कौशल देखाउदै कर्णाली प्रदेश र देशमा पनि छनौट भएर रास्ट्रको नेतृत्व लिन कालिकोटका खेलाडी सफल हुने बिश्वास लिएका छौं , नेपाली कांग्रेस काणली प्रदेशका प्रबक्ता दमन शाही बताए, सबै तहका सरकारले खेलकुद क्षेत्रको विकासका लागि भौतिक पुर्बाधार निर्माणमा प्राथमिकता दिन सके कालिकोट खेलकुदमा प्रगति गर्ने छ शाहीको भनाई छ ।

उक्त प्रतियोगिता माघ १६ गते देखि शुरु भई १९ गते सम्पन्न सञ्चालन हुने क्रिकेट संघ कालिकोट अध्यक्ष खडकजंग शाही जान्कारी दिनु भयो । युनिटी क्रिकेट क्लबका अध्यक्ष नरेश शाहिले कालीकोटमा पहिलो पटक क्रिकेटको आयोजना हुदाँ आफू खुुसी भएको बताउनु भयो, क्रिकेट प्रतियोगितामा आफ्नो टिमले राम्रो प्रर्दशन गर्ने समेत बताए छन् । क्रिकेट प्रतियोगिता बाट बिजेता टिमले नगद २० हजार रुपैया, ट्रफी मेडल र प्रमाणप्रत्र प्रराप्त गर्नेछन् भने द्धितीय हुने टिमले १० हजार नगद ट्रफी मेडल र प्रमाणप्रत्र पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुभकालिकामा सरस्वतीको पूजा आराधना गरिँदै मनाईयो

२०८१ माघ १६, बुधबार १८:०१
आज वसन्त पञ्चमी पर्व, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ७ बजे बाट  महादेव मा वि राराकाटीयामा मनाईएको थियाे  । शुभकालिका गाउँपालिका वडा नं ४का वडा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.