शुभकालिकामा सरस्वतीको पूजा आराधना गरिँदै मनाईयो

doorkhabar.com

doorkhabar.com   ।   २०८१ माघ २१, सोमबार १७:०६

आज वसन्त पञ्चमी पर्व, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ७ बजे बाट  महादेव मा वि राराकाटीयामा मनाईएको थियाे  ।

शुभकालिका गाउँपालिका वडा नं ४का वडा अध्यक्ष प्रदिप प्रसाद चौलागाँईको उपस्थितिमा पुजा गरीएको हो । शुभकालिका गाउँपालिका भरीका विद्यालयमा विभिन्न कार्यक्रम गरी पुजा गरीएको छ । यस्तै माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरीएको छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा आज पूजा–आराधना गरिएको थियो । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता पनि छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२ हजार ४ सय ४१ जनाले लगाए पहिलो दिन पाठेघरको मुखको क्यान्सर बिरुद्धकाे खोप

२०८१ माघ २१, सोमबार १७:०६
  कालीकाेट ,पाठेघरको मुखको क्यान्सर बिरुद्ध कालिकोटमा पहिलो चरणमा किशोरीहरूलाई खोप लगाउन सुरु गरीएको छ । एच. पि.भी. खोप अभियान २०८१ अन्तगर्त १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई देशैभरी एकैसाथ यो खोप लगाउन सुरु गरीएको हो । कालिकोटमा पनी यही माघ २२ गते देखी तिन चरणमा खोप लगाउन सुरु […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.