नेकपा सचिवालय बैठक सम्पन्न, अर्को बैठक मंसिर १६ गते

खबरखोज सम्वाददाता   ।   २०७७ मंसिर १३, शनिबार १५:३६

काठमाडौं,। सत्तारुढ नेपाल कम्युष्टि पार्टी ९नेकपाको सचिवालय बैठक १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूमाथि लागेका आरोपको जवाफ र पार्टी एकतालाई बलियो बनाउने गरी आफ्नो धारणा राख्नुभएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारीअनुसार बैठकले अध्यक्ष ओलीको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय तोकेर १६ गते पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने निर्णय भएको छ ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन अध्ययन गर्न र थप आवश्यक छलफल र गृहकार्य गर्नका लागि १६ गतेसम्म बैठक स्थगित भएको श्रेष्ठले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले आफ्नो धारणा राख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटको राँचुली दलित बस्तीमा आगलागी

२०७७ मंसिर १३, शनिबार १५:३६
नीस्ता कार्की/कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका – ४ राँचुली गाउँ स्थित दलित बस्तीमा आज बिहान आगलागी भएर ४ घर नष्ट हुँदा १३ घरपरिवार घरबिहीन बनेका छन् । काठका छाना भएका घरहरुमा आज शनिबार बिहानै एक घरदेखि सल्केको आगो अन्य घरहरुमा सरेर ४ घर नष्ट बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.