कालिकोट । एलजिबिटिआइक्युए पलस बालवालिका र समुदायको अधिकार तथा उनिहरुको संरक्षणका लागि कानूनी प्रावधान विषयक सरोकारवाला निकायसँग दुइ दिने अभिमुखिकरण तालिम शनिबार जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ ।

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा सादा नेपाल कालिकोट को साझेदारीमा संचालित परियोजना रास्कोट न पा र सान्नि त्रिबेणि गाउँपालिकामा यौनिक तथा अल्पसख्याक समुदायका लागि सञ्चालित रंगिन परियोजना अन्तर्रगत जिल्ला स्तरिय क्षमता विकास अभिमुखिकरण तालिमको आयोजना गरिएको हो ।
सादा नेपाल कालिकोटका परियोजना संयोजक दलसिंह कुमालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको प्रमुख अतिथ्यतामा दुइदिने अभिमुखिकरण कार्यक्रम शुक्रबार उदघाटना शनिबार सम्पन्न भएको सादा नेपालका अनुगमन तथा मुल्यांकन अफिसर नमराज योगिले जानकारी गराउनु भएको छ ।

कार्यक्रम उदघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सुयलले राज्यको प्रथामिकता र विपन्न,लैगिक तथा अल्पसंख्यक,विभेदमा परेका बालवालिको आवश्यकता अनुसरा गैरसरकारी सस्थाले समुदायमा प्रभावकारी काम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रमका सहजकर्ता मध्यपश्चिम विश्व विद्यालयका उप प्राध्यपक राजु आचार्यले एलजिबिटिआइ बालबालिकाहरूलाई संरक्षण गर्ने राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानव अधिकार दस्तावेजहरूको बुझाइमा एकरुपता ल्याउँने, बालबालिकाको अधिकार र जोखिमको बारेमा स्थानीय प्रहरी अधिकारीहरूमाझ जागरूकता बढाउँने,कानून प्रवर्तन अभ्यासहरूमा सम्मानजनक र गैर(भेदभावपूर्ण मनोवृत्तिलाई प्रवद्र्धन गर्ने विषयमा सहजिकरण गर्नु भएको थियो ।

सार्थै उहाँले बालबालिकासँग सम्बन्धित मुद्दाहरूलाई संवेदनशील र उचित रूपमा सम्हाल्न अधिकारीहरूलाई व्यावहारिक सीपको विकास गर्ने ,बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्न प्रहरी र बाल संरक्षण सेवाहरू बीच समन्वयलाई सुदृढ पार्ने विषयमा पनि छलफल गर्नु भयो ।
रास्कोट नगरपािलका,सान्नि त्रिवेणी गाउँपालिका न्यायिक समिति प्रहरी,जिल्ला प्रहरी कार्यालयका महिला बालवालिका सेलका प्रहरीको सहभागितामा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा प्रहरी नायव उपरिक्षक टेकबहादुर रावत,सशस्त्र प्रहरी नायव उपरिक्षक दिपक चन्द,प्लान इन्टरनष्नल नेपालका दिक्षा भाट सान्नित्रिवेणी गाउपालिका कानूनी सल्लाहाकार नविन जैसि लगाएको सहभागिता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा मानव अधिकारकर्मी कालीबहादुर मल्लले कनै पनि नागरिकले विना भेदभाव समाजमा सम्मानित रुपले बस्न पाउनु उस्को नैशर्गिक अधिकार तथा मानव अधिकार भएको वताउनु भयो ।






