गाडी दुर्घटना हुँदा हुम्ला सर्केगाड गाउँपालिका उपाध्यक्षको मृत्यु

कालीबहादुर मल्ल   ।   २०८१ भाद्र ४, मंगलवार १७:२७

कालिकोट । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२- ००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा कार्की सख्त घाइते हुनु भएको थियो ।

नेपालगञ्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति मृत्यु भएको अस्पतालले जनाएको छ। उहाँ नेकपा (माओवादी केन्द्र) को तर्फबाट गत स्थानीय तहको चुनावमा उपाध्यक्ष पदमा निर्वाचत हुनु भएको थियो ।

बाँकेको कोहलपुर मेडिकल कलेजबाट हेलिकोप्टरमा उनको घर सर्केगाडको रिप लगेर धार्मिक परम्परा अनुसार उनको सदगत गर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतलाई उदृत गर्दै माओवादी केन्द्र हुम्लाका इन्चार्ज छिमी लामा (आशाकर)ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला आउने

२०८१ भाद्र ४, मंगलवार १७:२७
कालिकोट । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन जुम्ला आउने भएका छन्। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओली आगामी भदौ २३ गते जुम्ला आउन लागेका हुन। स्थापनाको १३ वर्ष पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रथम दीक्षान्त समारोह गर्न लागेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.