प्रधानमन्त्री केपी शर्मा ओली जुम्ला आउने

कालीबहादुर मल्ल   ।   २०८१ भाद्र ७, शुक्रबार १५:२०

कालिकोट । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन जुम्ला आउने भएका छन्। प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओली आगामी भदौ २३ गते जुम्ला आउन लागेका हुन।

स्थापनाको १३ वर्ष पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रथम दीक्षान्त समारोह गर्न लागेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।

उक्त दीक्षान्त समाराेहकाे प्रमुख अतिथीका रुपमा सहभागी हुन जुम्ला आउने कार्यक्रम तय भएकाे छ । त्यसकाे तयारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुटेकाे छ ।

‘अहिले हामी दीक्षान्त समारोहको तयारीमा जुटेका छौं,’ उनले भने, ‘दीक्षान्त समारोहका लागि कुलपति एवं प्रधानमन्त्रीबाट स्वीकृति आइसकेको छ।’

सोही अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको अत्याधुनिक शैक्षिक भवन (एकेडेमिक विल्डिङ)को समेत उद्घाटन गर्ने प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए।

२३ भदौको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीसँगै सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि सहभागी हुन जुम्ला आउने छन् ।

प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुने छन ।

प्रतिष्ठानबाट जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तह गरि ५६ विद्यार्थी पास आउट भएको रेक्टर डा. डबल धामीले बताए।

प्रतिष्ठानबाट हालसम्म स्नातक तर्फ बीपीएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बीएमएसमा दुई ब्याचको १३ जना र स्नातकोत्तर तर्फ एमडीजीपीमा ३ जना, एमडी एनेस्थेसियामा १ र एमडी पेडीयाट्रिक्समा १ गरी ५ जना सहित कुल ५६ जना पास आउट भएको प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाले बताए।

कर्णाली मिसनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजिक सञ्जाल टिकटकमा लगाइएको रोक हटाउने सरकारको निणर्य

२०८१ भाद्र ७, शुक्रबार १५:२०
काठमाडौँ । भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले टिकटकमा लागेको प्रतिबन्ध हटाउने सहित विभिन्न ९ निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।  न्युज अफ नेपालमा छापिएको छ । मन्त्रिपरिषद्का निर्णयहरु:

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.