बाढी पहिरोले देशभरका विभिन्न ९ सडक पूर्णरुपमा अवरुद्ध

डाेरखबर समाचारदाता   ।   २०८२ भाद्र १२, बिहीबार १४:३१

काठमाडौँ । अविरल वर्षाले देशभरका विभिन्न ९ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन् ।  सडक विभागद्वारा आज यहाँ सूचनाका अनुसार  बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको सूचनामा उल्लेख छ ।

सूचना अनुसार मुलुकभरका ३७१ सडक खण्डमध्ये २११ सडक खण्ड पूर्ण खुलेका छन् । सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबानले सडकमा क्षति पुग्नु, सवारी साधन आवतजावतमा समस्या हुनु, पुल बगाउनु, पुल तथा सडक निर्माण, अन्य मर्मत कार्यलगायतका कारण सडक अवरुद्ध भएको जानकारी दिए । उनले भने, ‘कतिपय स्थानमा अझै पनि बाढी, पहिरोका कारण मर्मत गरेर सडक सुचारु हुन सकेको छैन । कतिपय स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ ।’

पानीको बहाव बढिरहेको र पुल निर्माण भइरहेको कारण उत्तर–दक्षिण कोशी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यही साउन ६ गते बेलिब्रिज बाढीले बगाएका कारण तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडक खण्ड अवरुद्ध भएको विभागले जनाएको छ ।

तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी सडक पनि पूर्णरूपमा अवरुद्ध भएको र हाल पहिरो पन्छाउने काम भइरहेको विभागको भनाइ छ । विभागका अनुसार पश्चिम रुकुमको भेरी करिडोर अन्तर्गत छिन्चु–मरिम सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको र लेदो पहिरो पन्छाउने काम भइरहेको छ ।

‘रोल्पाको सहिद राजमार्ग पनि पूर्ण रूपक अवरुद्ध छ । निरन्तरको वर्षापछि पहिरो खसिरहेकाले वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाउने काम हुनेछ,’ विभागको तथ्याङ्कमा उल्लेख छ, ‘दैलेखको सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडक खण्ड समेत लगातार सुख्खा पहिरो खसिरहेकाले राति बाटो बन्द हुने र दिउँसो सुचारु हुने काम भइरहेको छ । यसैगरी अरनिको राजमार्गको सिन्धुपाल्चोकस्थित सडक खण्ड पूर्ण रूपक अवरुद्ध भएको छ ।’

राताेपाटी अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अविरल वर्षाले सडक भत्किद कर्णाली राजमार्ग अवरुद्ध

२०८२ भाद्र १२, बिहीबार १४:३१
कालिकोट भाद्र १३ । कर्णाली राजमार्ग अन्तर्रगत सुर्खेत–जुम्ला सडक खण्डको कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड, गगने खोलामा शुक्रबार विहान सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएपछि यात्रुहरुलाई सस्ति भएको छ । रातभरिको अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालन रोकिए पछि सुर्खेत जुम्ला,मुगु आवत जावत गर्ने यात्रुहरुलाई समस्या भएको हो […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.