कालिकोट । नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार सवारी साधनमा अनिवार्य लागू गर्न भनिएको इम्बोष्ट नम्वर प्लेट खारेजिको माग राख्दै नेपाल कमर्शियल आर्टिष्ट संघले कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल मार्फत प्रधानमन्त्रीलाई ध्यनाकर्षण पत्र बुझाएको छ ।
आगामी २०८२ असोज १ गतेबाट इम्बोष्ट नम्वर प्लेट अनिवार्य गर्न भनिएको निर्णय नेपालको सन्दर्भमा अव्यवाहारिक र असान्दर्भिक रहेको हुनाले लागु नगराउन अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत संघका जिल्ला अध्यक्ष भिमबहादुर सिंह र सस्थापक अध्यक्ष हर्कबहादुर बमले संंयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।
प्रधानमन्त्री तथ मन्त्री परिषदको कार्यालय सिंहदरबार,भातिक पूर्वाधार तथा यातयात मन्त्रालय,गृह मन्त्रालय,श्रम तथा रोजगार मन्त्रालयलाई सम्वोधन गरिएको ध्यानाकर्षपत्रमा नेपाल कमर्शियल संघले सरकारले आर्टिष्टहरुको ब्यवसाय र अस्तित्व माथि प्राहार गरेकोले नेपाल सरकारको उक्त निर्णय खारेज नभए हामी सम्वन्धित व्यवसायी तथा उपभोक्ताहरु चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
साथै ध्यानाकर्षपत्रमा देखावटी रुपको अन्तरास्ट्रिय स्तरको बनाउने नाममा अग्रेजी लिपिको प्रयोग गरि नेपालको ऐतिहाँसिक तथा मौलिक पहिचान बोकेको नेपाली देवनागरी लिपिको वेवास्ता गर्नु भनेको मौजुदा नेपालको संविधान २०७२ को धारा ७(१) को उलंघन गरि राष्ट्रिय अस्मिता माथि खेलबाड गरेको ठहर हुने वताइएको छ ।







