कालिकाेट । खाँडाचक्र नपा-६ का १४ बर्षीया निरु बिककाे बलात्कार पछि हत्या घटनाका दाेसि पत्ता लगाई कानूनी कार्वाही गर्न माग गर्दै यहाँ जिल्लामा बिहीबार बिराेध प्रदर्शन गरिएकाे छ । 
बलात्कार पछि हत्यारा गरेर मकैबारिमा फालेकाे दुइ महिना बितिसक्दा पनि दाेषि कुनै कानूनी दाहेरामा ल्याउन नसक्नु प्रहरी प्रशासनकाे लाचारी भएकाे आराेप प्रदर्शनकारीहरुले लगाएका छन ।
दलित महिला संघका केन्द्रीय अध्यक्ष सरु सुनारले दलित महिला माथि भएकाे घटनालाई राज्यले ब्यवास्ता गरे दलित समुदायले आफैले कार्वाही गर्ने चेतावनी दिनुभयाे । उहाले दलित अधिकारका लागि हतियार उठान पछि नपर्ने धारणा राख्नु भयाे । 
साथै उहाले दलितका सवालमा अहिले पनि राज्यले बिभेदकाे दृष्टिकाेणले हेर्ने गरेकाे बताउनु भयाे ।
निरु बिकलाई न्याय दे,हत्यारालाई कार्वाही, मानवअधिकाकाे संरक्षण गर लगाएतका नारा सहितकाे प्लेकार्ड,निरु बिककाे फाेटाे भएकाे ब्यानर सहतिकाे जुलसले जिल्ला सदरमुकाम मान्म परिक्रमा गरि प्रतिमा चाेकमा काेणसभा भएकाे थियाे ।
जुलुसमा दलित अधिकारकर्मी,महिला अधिकारकर्मी,दलित जनप्रतिनि लगाएतकाे सहभागिता रहेकाे थियाे । 





