कालिकोट पलाता जिप दुर्घटना हुदा सात जनाको मृत्यु ,१३ जना घाइते

कालीबहादुर मल्ल   ।   २०८१ कार्तिक २५, आईतवार १८:२८

डोरखबर/कालिकोट कार्तिक २५ । यहा जिल्लाको पलाता गाउँपालिका –३ राडुकाप्रे खोलामा जिप दुर्घटना हुदा सात जनाको दर्घटना स्थलमै मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
सोहि गाउँपालिकाको खिनदेखी थिर्पु जादै गरेका क १ ज ५६ नम्बर को बोलेरो जिप दुर्घटनामा परि पिलाँता गाउँपालिका– ६ का ५१ वर्षिया पदम बहादुर बम,३० वर्षीया छाया शाही, ५९ वर्षीया कुसुमकला शाही,२५ वर्षीया भगवती रोकाया,६० वर्षीय गणेश शाही र ६ वर्षिय बालक दमन रोकाया र ल्यान जिल्लाका ५६ वर्षीय चालक धनबहादुर  रावत को उपचारकाक्रममा प्रादेशिक अस्पताल सुर्खेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी टेकबहादुर रावतले जनकारी गराएका छन् ।
आइतबार दिउसो २ वजेर ३१ मिनेटमा राडुकाप्रे खोलमा २ सय मिटर तल खेर जिप दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा पलाता गाउँपालिका ६ की निर्मला रोकाया,जगत रोकाया,सोही पालिका ५ की दोली विक र आयाुशा विक गरी पाँच जना गम्भिर घाइते भएको छन् ।
चार जनाको मात्र क्षमता भएको बोलेरो जिपमा २० जना यात्रु बोकेको जिप अनियान्त्रीत भइदुर्घटना हुँदा सोही पालिका वडान नं ६ कै बिजय थापा, किशोर थापा,रिदम शाही, प्रतिक्षा शाही, आषिश रोकाया,भुपेन्द्र रोकाया,दानबहादुर रोकाया र दानवहादुर रोकाया गरि ८ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परि घाइते भएकाहरुको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भइरहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी नाराणय प्रसाद भट्टराइले बताउनु भएको छ ।
दुर्घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालयको टोलि उद्धारका लागि पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रावतको टोलि पनि दुर्घटना स्थलमा पुगेको जिलला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

२०८१ कार्तिक २५, आईतवार १८:२८
डोरखबर/दार्चुला । दार्चुलामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बर को बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको दार्चुला प्रहरी कार्यालयले जानकारी दिएको छ। दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.