नेपाल मानव अधिकार संगठनको सभापतिमा योगि

डोरखबर समाचारदाता   ।   २०८२ श्रावण ४, शनिबार ०९:१७

डोरखबर /कालिकोट । नेपाल मानव अधिकार संगठन कालिकोट जिल्ला अध्यक्षमा पत्रकार नमराज योगि चयन भएका छन् ।
मानव अधिकार संंगठन शाखा खारेज पछि शुक्रबार सम्पन्न पिहलो अधिबेशनले नमराज यागीको सभापति रहेको ११ सदस्सीय सर्वसहमत समिति चयन गरेको हो ।
मानब अधिकारको संरचना अनुसार उप सभापति मा संचारकर्मी तारा सार्की, सचिवमा रमेश कुमार सोनि, कोषाध्यक्षमा सामाजिक अभियन्ता निलम गिरी सहित ११ सदस्य समिति गठन गरिएको केन्द्रीय प्रतिनिधि राजयलक्ष्मी शाहीले जानकारी गराएकी छन् ।
समितिले कालिकोट जिल्लामा हुने मानव अधिकार उल्लंघन सम्बन्धी घट्ने बिभिन्न घटनाहरु र मानबिय जोखीमलाई संरक्षण , प्रबद्र्धनका लागी नवगठित कार्यसमिति सक्रिय रहने भयको छ ।
नेपाल मानव अधिकार संगठन २०४५ सालमा काठमाडौं दर्ता भएको सस्थाले मानव अधिकारका क्षेत्रमा पैरबि गर्दै हरेक जिल्लामा आफ्नो शाखा स्थापना गरेको छ ।
मानव अधिकार भनेको मानवीय मूल्य र प्रतिष्ठाका साथ जीवन यापन गर्न मानवलाई आवश्यक पर्ने न्यूनतम अधिकारहरूको समष्टिगत रूप नै मानव अधिकार हो भनेर भन्ने गरिन्छ ।
मानव अधिकार मानवका जन्मसिद्ध, नैसर्गिक र आधारभूत अधिकार हुन् भनेर नेपाल को संबिधान मा ब्यबस्था गरेको भएतापनि यसको कार्यन्वयन मा निकै चुनौतिपूर्ण रहेको शाखा अध्यक्ष योगीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चर्चित गायिका हरिमाया कार्कीको ‘मधु’ सार्वजनिक(भिडियो)

२०८२ श्रावण ४, शनिबार ०९:१७
डोरखबर/कालिकोट । गायिका हरिमाया कार्कीको तिज गीत ‘मधु’ सार्वजनिक भएको छ । गायिका हरिमाया कार्कीको एकल स्वर र शब्द रचना रहेको गीत हरिमाया कार्की अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । परम्परा र आधुनिकतालाई संगालेर, नारीको भावना, वेदना, उत्सव र प्रेमको मिठास बोकेको ‘मधु’ गीतले यसवर्षको तीजलाई अझ विशेष बनाउने […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.