चर्चित गायिका हरिमाया कार्कीको ‘मधु’ सार्वजनिक(भिडियो)

कालीबहादुर मल्ल   ।   २०८२ श्रावण ४, शनिबार ०९:५८

डोरखबर/कालिकोट । गायिका हरिमाया कार्कीको तिज गीत ‘मधु’ सार्वजनिक भएको छ । गायिका हरिमाया कार्कीको एकल स्वर र शब्द रचना रहेको गीत हरिमाया कार्की अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

परम्परा र आधुनिकतालाई संगालेर, नारीको भावना, वेदना, उत्सव र प्रेमको मिठास बोकेको ‘मधु’ गीतले यसवर्षको तीजलाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ। दृश्यात्मक सौन्दर्य, सम्वादात्मक हाउभाउ र परम्परागत पहिरनले गीतलाई भावनात्मक गहिराइ दिएको छ।

गीतको छायांकन, सम्पादन, ग्राफिक्स तथा रंग संयोजन सबै पक्षमा निर्देशक निर्मल प्याकुरेलको रहेको छ । खेमराज गौतमको संगीत संयोजन रहेको छ भने, गीतको रेकर्डिङ मालश्री स्टुडियोमा गरिएको हो।

‘मधु’ बोलको गीतमा गायिका कार्कीको एकल स्वर र शब्द रचना रहेको छ । गीतको भिडियोमा समीक्षा सुनार, जानकी पुन, यामनारायण आचार्य, सिर्जना ठकुराठी, चित्रकला खत्री, हरिमाया कार्की, अनमिन जिसी, पावल बलामी मगरलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’काे निर्णय भएको छैन : अध्यक्ष ओली

२०८२ श्रावण ४, शनिबार ०९:५८
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’ वा ‘होल्डिङ’को निर्णय नभएको बताएका छन् । नेताहरुले भण्डारीको सदस्यता ‘पेन्डिङ’ भएको जिकिर गरीरहेका बेला अध्यक्ष ओलीले ‘पेन्डिङ’ नभएको स्पष्ट पारेका हुन् । शनिबार पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्या […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.