कालिकोट ः शान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेश बमलाई नेपाल पत्रकार महासंघ कालिकोटले सम्मान गरेको छ ।
यही चैत २५ गते सम्पन्न भएको २६ औँ महाधिवेशनमा सर्व सहमतीबाट निर्वाचित भरतराज विष्टको नेतृत्वको समीतीले महासंघको आफ्नै कार्यालयमा स्वागत सहित सम्मान गरेको हो ।
देशकै उमेरका हिसाबले कान्छो वडाध्यक्ष बमलाई महासंघले आफ्नो कार्यालयमा स्वागत सहित सम्मान गरेको हो ।
वडाध्यक्ष बमले,नेपाल पत्रकार महासंघले खडागरेको बुहारी पत्रकारीता कोषको लागी ११ हजार एक सय र दलित पत्रकार अक्षयकोषका लागी ११ हजार एक सय सहयोग गर्ने प्रतिवद्धता समेत गरेका थिए । दुर्गम क्षेत्रमा पत्रकारीता गर्नु चुनौती र त्यसैमा पनी महिला र दलित वर्गहरुको लागी महासंघले खडागरेको अक्षयकोषमा आफ्नो तर्फबाट २२ हजार दुई सय सहयोग गर्ने अध्यक्ष बमले बताए
११ हजार १ सय ११ दलित पत्रकारीता अक्षयकोषमा वडाध्यक्षले सहयोग गर्ने घोषणा।





