डोरखबर/कालिकोट। रोयम नेपालको आयोजना, AEIN को आर्थिक सहयोग, इन्सेक र नेपाल पत्रकार महासंघ कालिकोटको समन्वयमा ०८१ मंसिर ८ गते २७ सदस्यीय जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी नरायण प्रसाद भट्टराई,प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावत लगाएतका सरोकारवालहरुको उपस्थितिमा पत्रकार एवम महिला अधिकाकर्मी निस्ता कार्कीको अध्यक्षतामा २७ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो ।
मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको रोयम नेपाल कर्णाली प्रदेशले कर्णाली प्रदेशका १० ओटै जिल्लामा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरी मानव अधिकारकर्मी उत्पादन गर्नुका साथै मानव अधिकारको पर्वद्धन, संर्वद्धन र प्रत्याभूति गर्ने उद्दश्यका साथ कालिकोट जिल्लामा पनि उक्त कमिटी गठन गरिएको रोयम नेपाल, कर्णाली प्रदेश संयोजक सन्तोष विकले बताउनुभयो ।

गठन कार्यक्रममा बोल्दै संयोजक विकले कालिकोट जिल्लामा पनि मानव अधिकारका क्षेत्रलाई क्रियाशील बनाई सरोकारवाला निकायले गरेका मानव अधिकार उल्लङ्घनका विषयमा उठान गर्ने र सरोकारावाला निकायलाई सजक बनाउने उदेश्यका साथ सोही दिन सर्वसहमतिमा उक्त कमिटी गठन भएको संयोजक विकले बताउनु भयो ।
संस्थाले १८ वर्ष भन्दा माथि ३० वर्ष भन्दा मुनिका युवाहरूलाई समेटेर मानव अधिकार रक्षक सञ्जाल गठन गरेको छ । जसमा जिल्ला अध्यक्षमा निस्ता कार्की, उपाध्यक्ष खुल्लामा छत्र रोका मगर, समावेशी उपाध्यक्षमा तारा सर्की, महासचिवमा प्रदिप धिताल,सचिवमा रविन्द्र विक, सहसचिवमा कल्पना चौलागाँई, कोषाध्यक्षमा भगवती शाही र सहकोषाध्यक्षमा शर्मिला शाही लगायत २७ सदस्यीय रहने गरि जिल्ला युवा मानव अधिकार रक्षक सञ्जाल गठन भएको छ ।

त्यस्तै इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्ल संयोजक,नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट सहसंयोजक,महिला अधिकारकर्मी कल्पना सेजुवाल,सियमसि नेपाल कालिकोट जिल्ला संयोजक लोबहादुर विक सदस्य रहेको सल्लाहकार समिति गठन गरिएको छ । जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकोटकाका अध्यक्ष भरतराज विष्टको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा रोयम नेपाल, इन्सेक, गैरसरकारी महासङ्घ, मानव अधिकार क्षेत्रमा काम गर्ने सङ्घसंस्था, नागरिक समाज र गैरसरकारी सङ्घसंस्थाको पनि प्रतिनिधित्व रहेको थियो ।
उक्त युवा मानव अधिकार रक्षक सञ्जाल कमिटीले आगामी दिनहरूमा जिल्ला भरीको बस्तुस्थितिलाई बुझि त्यसको पहलकदमी गर्ने र जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक न्यायका निम्ती पनि उठान गर्ने भएको छ ।





