नक्कली बिहे गरेर बलात्कार, २ लाख लिएर फरार !

रमेश सुनार   ।   २०७७ श्रावण २७, मंगलवार १९:१७

काठमाडौं २७ साउन, । उमेर नपुगेकी किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर बलात्कार र ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका–७ घर भइ हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका –६ बस्दै आएका ३० वर्षीय राजन विश्वकर्मा भनिने राजन सेञ्चुरी छन् ।
महानगरीय प्रहरी वृत्त, थानकोटले उनलाई पक्राउ गरेको हो । थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सेञ्चुरीले आफू अविवाहित भएको भनेर फकाएर डेरामा लगेका थिए ।

त्यहाँ उनीहरुले प्रेम विवाहसमेत गरेका थिए । सँगै बस्न थालेको पाँच दिनपछि दराजबाट दुई लाख रुपैयाँ तथा एक तोला सुन लिएर सञ्चुरी फरार भएका थिए । त्यसपछि पीडितले प्रहरी गुहारेकी थिइन् ।

श्रेष्ठका अनुसार पक्राउ परेपछि उनले विहेको नाटक गरेको खुलेको थियो भने उनी पहिल्यै विवाहित भएको पनि युवतीले चाल पाइन् ।

विश्वकर्मामाथि मुलुकी अपराध संहितको जबरजस्तीकरणी तथा ठगी सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान थालिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोट पहिरोमा परि एकै परिवारका ६ जनाको मृत्यु

२०७७ श्रावण २७, मंगलवार १९:१७
कालीबहादुर मल्ल/कालिकोट साउन ३० । गएरातिको अविरल वर्षाका कारण महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुर्दा ६ जनाको मृत्यु भएको छ । पहिरोमा परेर रजबहादुर विष्टका १३ वर्षीय छोरा पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ । सोही घरमा सुतिरहेका […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.