किशोर ,किशोरी हरुलाई रुपान्तरण कक्षा ६ महिना पछि सम्पन्न

doorkhabar.com

doorkhabar.com   ।   २०८१ चैत्र ११, मंगलवार १२:४२

कालीकाेट ।आवाज संस्थाको आयोजना, युरोपेली सङ्घको आर्थिक सहयोग ,संयुक्त राष्ट्र संघीय निकाय, युएनएफसी उमनको संयुक्त अभियानमा सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तर्गत सकारात्मक लैङ्गिक मापदण्डहरूको प्रवर्धन लैङ्गिक हिंसाको रोकथाम, यसका सेवाहरुमा पहुँच अभिवृद्धि परियोजना अन्तर्गत आवाज संस्थाद्वारा शुभकालिका गाउँपालिकाको वडा नं १ को जनता माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालय वडा नं २ मा रूपान्तरण कक्षामा रहेका किशोर ,किशोरी हरुका अभिभावक हरुलाई बाेलाई आम भेला गरिएकाे छ ।

रूपान्तरण कक्षामा अभिभावक किशोर किशोरीहरूसँग सिकाई अनुभवका साथै १५ वटा खण्ड काे २४ सेशनमा सिकेका सिकाई हरू आदान प्रदान समेत गरिएकाे छ । वडा नं १ कि वडा सदस्य बिउरा सुनारकाे अध्यक्षता , वडा नं २ का सन्तोष कामी लगाएतका सराेकार वालाहरुकाे सहभागीतामा कार्यक्रम गरिएकाे थियाे ।
उक्त रूपान्तरण कक्षा ६ महिनापछि सम्पन्न भएकाे बताईएकाे छ। कार्यक्रममा बाेल्दै सन्तोष कामीले भन्नू भयाे रूपान्तरण कक्षाका किशोर किशोरी जुन घरको आर्थिक अवस्था कमजोर भएको कारणले विद्यालयमा आउन नसक्ने अवस्था भएको थियो। रूपान्तरण कक्षाले धेरै कुरा सिकेको उहाँले जानकारी गराउनु भएको छ ।

मानिसले गर्ने बानी व्यहोरामा सानसानो कुरामा धेरै राम्रो परिवर्तन आएको उहाँको भनाई रहेको छ। किशोर किशोरीहरू रूपान्तरण कक्षा ६ महिनाको लगिसकेपछि बालविवाह सम्बन्धी हिंसा मनाेसामाजिक सु स्वास्थ कसरी रहने भन्ने कुराको जानकारी पाएकाे बताईकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालमैत्री स्थानीय शासन सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

२०८१ चैत्र ११, मंगलवार १२:४२
सुर्खेत । बालमैत्री स्थानीय शासन सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबार कर्णाली प्रदशको राजधानी विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । कर्णाली प्रदेशका १० जिल्ला स्थानीय तहका महिला बालवालिका शाखाका कर्मचारी र स्थानीय सहजकर्ताहरुका लगि तिन दिने बालमैत्री स्थानिय शासन सम्वन्धि टट तालिमको चैत १३ गते उदघाटना गरिएको हो । युनिसेफ नेपालको […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.