सुर्खेत । बालमैत्री स्थानीय शासन सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबार कर्णाली प्रदशको राजधानी विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।
कर्णाली प्रदेशका १० जिल्ला स्थानीय तहका महिला बालवालिका शाखाका कर्मचारी र स्थानीय सहजकर्ताहरुका लगि तिन दिने बालमैत्री स्थानिय शासन सम्वन्धि टट तालिमको चैत १३ गते उदघाटना गरिएको हो ।
युनिसेफ नेपालको आयोजना र नारायण नगरपालिकाको समन्वयमा कर्णालीमा बालमैत्री स्थानिय शासन प्रवद्र्धन सम्बन्धि सञ्चारकर्मी तथा कर्मचरीलाई तालिमको आयोजना गरिएको युनिसेफ नेपाल सुर्खेतका राजेश सारु मगरले वताउनु भयो ।
नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले समृद्ध नेपाल वनाउनका लागि बालमैत्री स्थानीय शासन अति आवश्यक भएको हुनाले कार्यक्रममार्फत कर्णालीमा बालमैत्री स्थानिय शासन प्रवद्र्धन अभियान थालनि गरिएको वताउनु भयो । उहाँका अनुसार कर्णाली प्रदेशका स्थानीय तहहरुमा बालमैत्री स्थानीय शासन अवलम्बन गर्नका लागि सहजीकरण गर्न बिज्ञ स्रोतव्यक्तिहरु आमन्त्रण गरी पालिकास्तरमा परिचालन गर्दा धेरै खर्चिलो एवम् समय व्यवस्थापनमा समेत अप्ठ्यारो पर्ने भएकोले स्थानीय तहस्तरमा नै यस किसिमको जनशक्ति उत्पादनका लागि प्रदेश स्तरमा प्रशिक्षक प्रशिक्षण गराईएको हो ।
तालिमको प्रमुख प्रशिक्षकमा शर्मीला पौडेल र विकिरण गौतम रहनु भएको आयोजकले जनाएको छ ।
कर्णाली प्रदेशका १० जिल्लाका १७ वटा स्थानीय तहका महिला तथा बालबालिका शाखाका प्रमुख तथा प्रतिनिधि, विभिन्न नागरिक संगठन एवम् सञ्चारकर्मीहरु, प्रदेश सामाजिक विकास मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश प्रतिनिधि एवम् युनिसेफ प्रतिनिधिहरु समेत गरी कूल ५१ जनालाई प्रक्षिण दिईएको छ । कार्यक्रममा सहभागिहरुले बालबालिकालाई आजका साझेदार र भविष्यको कर्णधारको रुपमा विकास गर्नका लागि बालमैत्री शासन कार्यान्वयन गर्नु अत्यावश्यक रहेको बताएका छन् ।
बालमैत्री स्थानीय शासन सम्वन्धि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न





