१९ फागुन, कालीकोट । पत्रकार तथा स्वास्थ्य संचारकर्मीहरु बिच एक दिने अन्तरक्रिया कार्यक्रम बिहिबार सदरमुकाम मान्ममा सम्पन्न भएको छ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामा जिल्ला स्थित क्रियाशिल पत्रकारहरुलाई एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य सेवा ब्यवस्थापक डा. रत्नबीर सुनारको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतको बिशेष आतिथ्यता रहेको थियो।
कार्यक्रमको उदेश्यका बारेमा जानकारि गराउदै जनस्वास्थ्य अधिकृत कटक महतले कोरोना संक्रमण कायमै रहेको अबस्थामा पनि स्वास्थ्य क्षेत्रलाई अझै सुधृढ कसरी बनाउने भन्ने बिषयमा पत्रकारहरुसँग छलफल गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए।
उक्त कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय कालीकोटले आर्थिक बर्ष ०७८÷७९ मा भए गरेका सेवा प्रबाह सम्बन्धीका उपलब्धि र चुनौतीलाई प्रस्तुत गरेको थियो। कार्यक्रममा सहभागि पत्रकारहरुले स्वास्थ्य सम्बन्धी लागेका जिग्गासाका बारेमा जानकारी समेत लिएका थिए।
कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष डा. रत्नवबीर सुनारले पत्रकारका प्रश्नको जवाफ फर्काउदै कोरोना महामारीको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य साबधानी अपनाउन सम्पूर्ण जिल्लाबासिलाई आग्रह गरे।
पछिल्लो समय पिसिआरको परिक्षण दायरा साघुरीदै गएपनी यस्तो बेला सचेतना अपनाउने र राज्यलाई घचघच्याउने काममा पत्रकारको भूमिका महतवपूर्ण रहेको बताउदै थप स्वास्थ्य सेवाको पहुँचमा नरहेका नागरिकलाई सुसूचि गराउन सहभागि पत्रकारहरुलाई आग्रह समेत गरेका थिए।
यस्तै जनस्वास्थ्य अधिकृत गौरा घर्तीमगरले कोरोना भाइरस कोभिड–१९ सुरु भएदेखि हालसम्मको कालीकोटमा कोभिड अबस्था बारे जानकारि गराउदै कालीकोट जिल्लामा कोभिड–१९ का कारण ७ जनाको मृत्यु भएको बताइन्।
उनले भनिन् कालीकोटमा गत ६ महिनाको तथ्यांक हेर्दा स्वासप्रश्वासका बिरामी हरुको बाहुल्यता बढि रहेको र अहिले घट्दोक्रममा रहेको जानकारी दिइन्।
अहिले अन्य बिरामी बिरामीहरुको संख्या प्राप्त रहेका कारण रोगबाट बन्चीत हुँन स्वास्थ्यको पहुँचमा नियमित हुनुपर्ने बताएकी थिइन्।





