फागुन २०,कालिकाेट
खाँडाचक्र नगरपालिका-१ स्थित सनलाईट हाेटलकाे हलमा महिला हिंसा तथा बालबालिका सम्वन्धि पत्रकारहरूका विच १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल) कालिकाेटका कार्यकारी निर्देशक अशाेकनाथ याेगीकाे अध्यक्षता र सादा नेपाल कालिकाेटका अनुगमन तथा मुल्याङकन अधिकृत नमराज याेगीकाे संचालकत्व र सादा नेपाल कालिकाटका संयाेजक दलसिंह कुमालकाे आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा बाेल्दै कार्यकारी निर्देशक याेगीले महिला हिंसा बालबिवाह,समाजमा हुने कुरितीका विरूधमा कालिकाेटका तीन वटा स्थानिय तह रास्काेट नगरपालिका ,सान्नित्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा सादा नेपाल कालिकाेटले विगत देखि हाल सम्म हुने महिला हिंसा,बालविबाह विद्यालय जानवाट बन्चितलाई विद्यालयमा जान प्रेरित गर्ने र कार्यक्रम लागू हुनु पहिला भन्दा हालकाे परिस्थितिमा महिला हिंसा र वालबिवाहका घटनाहरू धेरै सुधार भएकाे बताए ।
अन्तरक्रिया कार्यक्रममा कालिकाेटमा संचालित रेडियाे तथा अनलाईन मिडियाका पत्रकारहरूकाे उपस्थिति रहेकाे थियाे र कार्यक्रम प्लान ईन्टरनेस्नल नेपालकाे अर्थिक सहयाेग सामाजिक जागरण तथा विकास प्रतिष्ठान केन्द्र कालिकाेटकाे आयाेजनामा भएकाे हाे ।





