समय नपुग्दै अध्यक्ष बमकाे राजिनामा किन ? (कारण) सहित

डिल्ली प्रसाद चाैलागाईं   ।   २०७८ चैत्र ३, बिहीबार १९:२६

कालिकाेट । पलाँता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले राजिनामा दिने संकेत देखाएका छन् । गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले आगामि आउने निर्वाचन लड्न र प्रचार गर्नका लागि सरकार छोड्नु पर्ने आचार संहिता सार्वजनिक गरेलगत्तै आफ्नो पार्टीको फेरि पनि पलाँतामा सरकार बनाउन सरकार छाड्ने संकेत गरेका छन ।
५ गते कार्यपालिका बैठक बसेर चाँडै गाउँ सभा गरि निर्णय अनुमोदन पछि सभामै सरकार छोड्ने तयारि भैरहेको अध्यक्ष बमको आन्तरिक श्रोतबाट बुझ्न आएको छ । फेसबुक पेज लक्ष्मण बहादुर बम नामकाे पेजमा उनले लेखेका छन् ।” केही दिन भित्र मैले सरकार छोड्ने कुराको जानकारि गराउदै शुभचिन्तक र कर्मचारीलाई मैले गर्नु पर्ने बाँकि कामको लागि सल्लाह सुझाब भए यहि हप्ता भित्र पाउने आशा गरेको छु भन्दै सामाजिक संजाल मार्फत सबैलाई जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालीकोटमा होलीको रौनक (फोटो फिचर)

२०७८ चैत्र ३, बिहीबार १९:२६
३ चैत, कालीकोट । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक होली मनाएका छन्। कालीकोट सदरमुकाम मान्म बजार स्थिति जिल्ला समन्वय समिति कालीकोटको खुल्ला मञ्च भने होली खेल्ने जात्राको बाक्लो सहभागीता रहेको थियो। नेपाल विद्यार्थी संघ कालीकोटको आयोजना र दिलिप मेमोरियल फाउन्डेसन […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.