कालिकोट चैत १ । पचालझरना गाउँपालिका –५ मा रहेको पञ्चकालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकबहादुर बमले बिद्यालयको काम छोडेर उपभोक्ता समितिको ठेक्काको काम गरिरहेका छन् ।

कर्णाली प्रदेशमा आफैंले पहल गरेर ६० लाखको विद्यालय घेरबार योजना ल्याएको भन्दै विद्यालय ब्यवस्थापन समितिको वैठकबाट प्रधानाध्यापक बमलाई निमार्णको जिम्म दिन बाध्य गराइएको विब्यास अध्यक्ष कुर्मराज बमले बताए ।
विद्यालय पढाउन छोडेर ६० लाख योजनाको काममा आफै प्रत्येक दिन खटेर दुई महिनासम्म नपढाएको र विद्यालयमा कुनै ध्याान नदिएको स्थानीय अभिभावको गुनासो रहेको छ ।
यस विषयमा योजनाको जिम्मा लिएका प्रधानाध्यपक बमले योजना गुणस्तरिए बनाउनका लागि आफैले कामको जिम्मा लिनु परेको स्वीकार गरे । उनले कामको जिम्माबाट विद्यालयमा कुनै समस्या नरहेको वताए ।

२०८२ साल भदौ २३ गते निवर्तन अध्यक्ष पटकबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कक्षा ११ को भर्ना शुल्क १५ सय र १२ को एक हजार लिने निर्णय गरेको भएपनि प्रधानाध्यपक बलमे उक्त निणर्य लत्याएर आफ्नै मनपरीले २५ सय चर्को शुल्क लिने गरेको विद्यार्थीको गुनासो रहेको छ ।
उक्त योजनाको सामान खरिदमा पनि अनियामिता भएको र जाली पनि गुणस्तर हिन हालिएको स्थानीयको भनाइ रहेको छ ।






