भीमफेदी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन १८, आईतवार १९:४६

१८ असोज, हेटौंडा । मकवानपुरको भीमफेदीमा आइतबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका दुई जनाको पहिचान पनि खुलेको छ ।

प्रहरीका अनुसार घटनास्थलमै मृत्यु हुनेमा भीमफेदी –७ का २५ वर्षीय राजन मगर र हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीका २५ वर्षीय भीमलाल थिङ रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएकी झापाको जोरपानी–७ की २५ वर्षीया देवीकुमारी गिरीको हेटौंडा अस्पतालमामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका–६, सिमखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार

२०७७ आश्विन १८, आईतवार १९:४६
बुटवल — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार भएको छ । काठमाडौंबाट भैरहवा हुँदै स्कटिडसहित गरेर बुटवल आउँदै गरेका मुख्यमन्त्री चढेको गाडीमा आइतबार साँझ साढे ६ बजे मिलनचोक नजीक ढुंगा प्रहार भएको हो । मुख्यमन्त्रीका अगाडि र पछाडि स्कटीडका ३ वटा गाडी थिए ।   गाडीमा ढुंगा प्रहारपछि मुख्यमन्त्रीसहित गाडीहरु […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.