कालिकोट। जिल्लाका डिएसपी सिद्वराज न्यौपाने सरुवा भएपछि कालिकाेटका पत्रकारहरुले भव्य सम्मान गरेका छन। डिएसपी न्यौपाने काठमाडौ हेड्क्वाटरमा सरुवा भएपछि नेपाल पत्रकार महासंघले कालिकाेट बसाइँमा उत्कृष्ट काम गरेकाे भन्दै खादा,मालाले सम्मान गर्नुका साथै मायाकाे चिनाे प्रदान गरेकाे छ। सम्मान कार्यक्रममा महासंघ कालिकाेटका अध्यक्ष भरतराज विष्ट,पूर्व अध्यक्ष कालीबहादुर मल्ल,सचिव खडानन्द अधिकारी लगाएतका पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।
कालिकाेट जिल्ला मा ९ महिने कार्यकाल कुशलता पुर्वक सम्पन्न गर्नु भएकाे डिएसपी न्यौपानेलाई समाेेेेबार कालिकोट जिल्लाबाट विदा गरिएको छ।
सुरक्षा संवेदनशिलताका हिसाबले उच्च प्राथमिकतामा पर्ने कालिकोटको जिल्ला प्रहरी कार्यालयमा कार्यभार सम्हाले देखि नै प्रहरी ऐन र प्रचलित कानुन बमोजिम कार्य गर्दै जिल्लाको शान्ती सुरक्षा तथा अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन अहम भुमिका निर्वाह गरिरहेका डिएसपी न्यौपाने सरुवा भएका छन्
कालिकाेटका डियसपी सरुवा भएपछि पत्रकारले गरे भव्य सम्मान





