खवरखोज सम्वाददाता
कालिकोट जिल्ला मानवअधिकार रक्षक सञ्जाल शुक्रवार मान्ममा गठन भएको छ । “इन्सेक कर्णाली प्रदेश कार्यालय द्धारा संचालित मानवअधिकार रक्षकहरुको सबलीकरण कार्यक्रम अन्तरगत जिल्ला मानव अधिकार रक्षक संजाल १३ सदस्यीय समिति गठन गरिएको छ । उक्त कार्यक्रमले सर्बसहमत डिल्लीप्रसाद चौलागाईंलाई संयोजक तथा सह–संयोजक दक्षिणा शाही चयन भएकाछन । सयसै गरी सदस्यहरुमा मिसिरा शाही,रमेश सुनारु, संगिता वली, एसोधा वि.क, तुलाराज पाण्डे ,कपुरे वि.क,अविसरा अधिकारी,गोविन्दा सुनार प्रतिभा ऐडी, छत्ररोका मगर र सदस्य सचिवमा कालीबहादुर मल्ल चयन हुनुभएको छ ।

कार्यक्रमका अतिथि तथा जिल्ला वार एशोसियसन कालिकोटका अध्यक्ष दमन बहादुर बम नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी गैसस महासंघका दिलिप शाही मानवअधिकार एलाइन्सका डिल्लीप्रसाद चौलागाई लगाएतले मानव अधिकार सञ्जालमा रहेपछी अनुशासन र आचरणको कुरामा ख्याल गर्नु पर्ने र आफु र आफ्नो संस्थावाट हुने सहयोग भरपुर रहने बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै कालिकोट इन्सेक प्रतिनिधि कालीबहादुर मल्लले मानव अधिकार र मानव अकिारका वारेमा साना देखी ठुला सम्म सबैलाई एकनासको व्यवहार गर्नु र मानव भएर जन्मेपछी जन्मसिद्ध अधिकारलाई मानव अधिकारका रुपमा प्रष्ट पादेै कार्यक्रमका नयाँ चयन सदस्यहरुलाई बधाई दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।





