डिल्लीप्रसाद चौलागाईं
कालिकोट १८ चैत्र ।
प्रथम योगी नरहरीनाथ जिल्ला लिग फुटवल प्रतियोगिता चौथो दिन बुधवार कालिकोट जिल्लाको मान्म स्थित पञ्चदेव माध्यमिक विद्यालयको खेलमैदानमा भईरहेको छ ।
हाल सम्म २ टिम जस्मा श्री कालिका महावै युवा क्लव र डाइनामिक युवा क्लव सान्नीत्रिवेणी सेमिफाइनलमा पुगेको छ ,भने हाल सम्म कोही टिम बाहिरिएको छैन भने । आज बिहान ८ः३० खेदी ९ः३० मा भएको खेलमा महावै युवा क्लव र डाइनामिक युवा क्लव सान्नीत्रिवेणी वीच भएको थियो जस्मा डाइनामिक युवा क्लवले श्री कालिका महावै युवा क्लवलाई १ गोलले पराजित गरेको थियो ।
अव बाकी ३ खेलमा तिला कर्णाली भर्सेस समाज कल्याण÷कालिका युनाइटेड भर्सेस स्मृति नरहरिनाथ ÷कालिकोट पुटवल क्लव भर्सेस शहिद स्मृति तथा लोकदोहोरी प्रतिष्ठान वीच हुने बताईएको छ ।





