कालिकाेट १६, फागुन
खाडाचक्र नगरपालिक वडा नं. १ काे हलमा खाँडाचक्र नगरपालिकामा शिक्षा,स्वास्थ्य,खाध्य र आवस सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ ।
कालिकाेट ईन्सेक कार्यालयकाे आयाेजनामा खाँडाचक्र नगरपालिकामा शिक्षा,स्वास्थ्य,खाध्य र आवसका विषयमा के कस्ता गतिविधि भैरहेका छन र आगामि दिनमा यी विषयमा कस्ता कस्ता कार्यक्रम गर्दा शिक्षा,स्वास्थ्य,खाध्य र आवसका समस्या समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएकाे थियाे । कार्यक्रममा कालिकाेट जिल्ला ईन्सेक प्रतिनिधि कालिबहादुर मल्लले कार्यक्रमकाे उध्येश्य प्रस्ट पार्दै सार्वजनिक सुनुवाईकाे महत्व र आैचित्यका वारे छलफलकाे विषयकाे शुरूवात भएकाे थियाे ।
उक्त कार्यक्रममा खाडाचक्र नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गणेश बहादुर शाहिकाे अध्यक्षता नगरपालिका कृषि शाखा प्रमुख परशुराम काफ्ले,स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवाल,लगायत वडा अध्यक्ष पत्रकार,नागरिक समाज बुद्दिजिवी,मानवअधिकारकर्मि,विध्यार्थिहरूकाे उपस्थितिमा भएकाे थियाे ।
शिक्षा,स्वास्थ्य,खाध्य र आवास सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न





