नेपाली युवा देशकाे मियाे हुन सकेनन

प्रतिभा ऐडि   ।   २०७८ फाल्गुन १६, सोमबार २०:०८

प्रतिभा ऐडि काठमाण्डाै । देश विकासका मियो हुन् तर नेपाली राजनीतिमा युवा मियो हुन सकेका छैनन्। मियो अरू कुनै छ, त्यही मियोसँगै बाँधिएर त्यही चक्रमा घुमिरहेका छन्। कतिसम्म भने हाम्रा अझै पनि कुनै कुनै नेता आफ्नो पार्टीको कमजोरी लुकाउन फलानो पार्टीले फलानो समयमा यस्तोसम्म गरेको थियो भनेर अरूको नकारात्मक टिप्पणी उठाएर आफ्नो नकारात्मक टिप्पणी लुकाउन खोज्छन्। यो नेतृत्वको जमातले हामीलाई कहाँ लैजान्छ? के उनीहरूलाई हामीले सचेत राजनीतिकर्मी भन्न सक्छौ?

नेपाली राजनीतिमा अहिले भिड र जमात जम्मा गर्न सक्यो भने त्यो शक्तिशाली ठहरिन्छ।भिड शक्ति हुन्थ्यो भने महाभारतमा कौरवको नाम लेखिन्थ्यो न कि पाण्डवको।भिड जम्मा पार्ने,देखाउन धनाढ्य राजनीतिकर्मी लागिपरेका छन्। जसबाट युवाहरू भूमरीभित्र पारिएका छन्। जुन व्यक्तिको सुरक्षामा, धरपकड, धाकधम्कीमा रुमलाएर युवालाई आफ्ना आवश्यकता परिपूर्ति गर्न प्रयोगशालामा झैँ प्रयोग गरिराखेका छन्।

पार्टीको अधिवेशनमा बोकाको टाउको बिक्री गरे जस्तो पैसामा तौलिँदै किनेर राजनीति गरेका छन्। जसको दलदलमा आजका युवा वर्ग नै पर्छन् जसले आफ्नो स्वाभिमान बेच्नलाई समेत तयार हुन खोज्छन् तसर्थ सचेत नागरिक बनेर शुद्धीकरण गर्न युवाले नै महाधिवेशनभित्र सकारात्मक भूमिका खेल्न जरुरी छ।

८५ प्रतिशत जनतालाई राजनीति के हो भन्ने न बुझ्न सक्ने फुर्सद छ न त बुझ्नै चाहेका छन्। उनीहरूलाई त कसरी जीविकोपार्जन चलाउने भनेर काम गर्दै र त्यही सोच्दै ठिक्क छ। बाँकी १५ प्रतिशत जनता जुन व्यपारी र धनाढ्य छन्, उनीहरूले ८५ प्रतिशत जनतामाथि शासन गर्न खोज्छन् न उनीहरूलाई दुःख के हो थाहा छ,न संघर्ष के हो थाहा हुन्छ।

दुःख बुझेको मान्छेले दुःख बुझेका व्यक्तिलाई अर्थात तल्लो वर्गलाई लिएर तल्लो वर्गकै प्रतिनिधि बनेर राजनीति गर्न सक्ने अब्बल युवा नेताको जरुरी छ। धनाढ्य व्यक्तिको एकाधिकार तोडेर सबल, सक्षम र वैचारिक व्यक्ति राजनीतिमा प्रवेश गर्नु आजको आवश्यकता हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाज विकासमा युवाको भूमिक

२०७८ फाल्गुन १६, सोमबार २०:०८
प्रतिभा ऐडि – काठमाण्डाै । “युवा नै देशको अग्रगामी विकासका मुल आधार हुन् र युवाको मेहनतले नै देश बन्छ” – यो भनाई यत्रतत्र सुनिन्छ र धेरै अगाडिदेखि सुनिँदै आएको पनि हो । अवश्य पनि युवावस्था भनेको परिवर्तन चाहने उमेर हो र युवामा समाज र देशको लागि केही गर्ने चाहना पनि […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.