असार १५, कालिकाेट
अनेम संघ केन्द्रीय सदस्य पार्वती सिहंले कालिकाेट जिल्ला खाँडाचक्र नगरपालिका-1 स्थित काेभिड अस्पताल कालिकाेटमा रहेका 24 जना काेराेना संक्रमित विरामिकाे स्वास्थ्य अवस्था बुझदै स्याउ,केरा लगायतका फलफूल वितरण गर्नुभएकाे छ । नेपाल पत्रकार महासंघकी पूर्व काेषाध्यक्ष तथा अनेमसंघ कालिकाेट निर्वाचन क्षेत्र नं ख कि अध्यक्ष विगत लामाे समय यता सामाजिक कार्यमा पनि संलग्न हुनुहुन्छ । र सिंह नेकपा एमाले कालिकाेटकाे जिल्ला कमिटी सदस्य पनि हाे ।
काेभिड अस्पताल कालिकाेटमा नेतृ सिहंकाे फलफूल वितरण कार्यक्रम





