कालीकोट , जिल्लाको शुभकालिका गाउँपालिका वडा नम्बर ५ र ४ का ८३ जना अति जाेखिममा रहेका बालबालिका लाई शैक्षिक र खाद्यान्न सामग्री वितरण गरिएको छ। सहयात्रा तेस्रो परियोजना अन्तर्गत शुभकालिका गाउँपालिका वडा नं ४ र ५ का बालबालिका लाई आईतबार एक कार्यक्रमका बिच झोला,कापी , डटपिन, पेन्सिल ,ज्यामीति , ईस्कुल ड्रेस, टिफिन , मसिनो चामल ,दाल, तेल,लगाएतका सामग्री वितरण गरिएको हाे ।
सेभ द चिल्ड्रेनकाे आर्थिक सहयोग , भिडिसेफ नेपाल कालिकोटकाे सहजिकरण र शुभकालिका गाउँपालिका वडा नं ४ र ५ काे समन्वयमा अति जोखिममा रहेका ८३ जना बालबालिका लाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरिएको भिडिसेफ नेपाल कालिकोटका फिल्ड अधिकृत हस्त बहादुर राेकायाले जान्कारी दिए ।
राेकायाका अनुसार शुभकालिका गाउँपालिका वडा नं ४ का ३० जना र वडा नं ५ का २० जना अति जाेखिममा रहेका बालबालिका लाई शैक्षिक सामग्री दिएको हो । यस्तै शुभकालिका ५ का १५ र ४ का १८ जना अति जाेखिममा रहेका बालबालिका लाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सहयात्रा तेस्रो परियाेजना अन्तरगत शिक्षा थिम मार्फत ४ र ५ मा जम्मा ५० जना बालबालिका लाई शैक्षिक सामाग्री वितरण गरिएको हाे ।यस्तै सहयात्रा तेस्रो परियाेजना अन्तरगतनै बालअधिकार शासन र बालसंरक्षण थिम अन्तरगत खाद्यान्न सामाग्री शुभकालिका ४ र ५ मा जम्मा ३२ जना बालबालिका लाई उक्त सामाग्री वितरण गरिएको थियाे ।
शुभकालिका गाउँपालिका वडा नं ४ र ५ मा जम्मा रू ३ लाख २५००० ( तीन लाख पच्चीस हजार ) बारकाे खाद्यान्न र शैक्षिक सामग्री वितरण गरिएको हाे । उक्त सामाग्री पाउँदा बालबालिका हर्षित भएकाे भिडिसेफ नेपाल कालिकोटका फिल्ड अधिकृत राम बहादुर सुनारले जान्कारी दिए ।
कार्यक्रममा शुभकालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाहीकाे सभा अध्यक्षता , वडा सचिव भिम बहादुर बि.क ,वडा सदस्य जनक बहादुर शाहीकाे विशेष ,आतिथ्यतामा खाद्यान्न र शैक्षिक सामाग्री बितरण गरिएकाे थियाे । कार्यक्रममा अति जाेखिममा रहेका बालबालिकाका अभिभावक बालबालिका जनप्रतिनिधि लगाएतकाे सहभागी रहेका थिए ।
कार्यक्रममा बोल्दै शुभकालिका गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मिम बहादुर शाहीले भन्नू भयाे , बालबालिकाहरूलाई वितरण गरिएका सामग्रीहरू सही तरिकाले प्रयोग गर्न अभिभावक लाई सुझाव दिनु भयाे बालबालिकाहरूको संरक्षण र नियमित बालबालिकाहरूलाई विद्यालयमा पठाउन आग्रह गर्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमहरू वडा स्तरबाट भिडिसा नेपाल कालिकोटसँग सहकार्य ,समन्वय गर्दै बालबालिकाको हितका लागि निरन्तर कार्यक्रमहरू ल्याउने समेत बताउनु भयाे ।





